कार्यक्रम गर्ने रहर !
कपन अनलाइन
काठमाडौं ,चैत ७। काजी रोशन/ लघुकथा
कार्यक्रम गर्ने तय भयो । किनकी धीरजको पुरानो साथी थियो । कार्यक्रम गरौं मेरै निवासमा जलपान, स्थान सबै व्यवस्था म मिलाउँछु भने । धिरजलाई पनि ठिकै लाग्यो पुरानो स्रष्टा हो चाहना गरे गरौं न त भन्ने लाग्यो र कार्यक्रमको लागि मिति, समय, स्थान उहाँकै निवासमा हुने गरी कार्यक्रमको खेस्रा पनि तयार भयो । कार्यक्रमको साफी, स्वागत मन्तव्य, कार्यक्रम सञ्चालन र जलपान पनि म आफैले मिलाउँछु भने पछि धिरज ढुक्क भए । ब्यानरमा के लेख्ने त्यो पनि निश्चित भयो र दुवै ब्यानर लेखाउने ठाउँमा गए । ठिकै छ दुईवटा बनाउ एउटा तपाई लिनुस् एउटा म लिउँला भने ।
आर्टिष्टले ब्यानरको डिजाइनिङमा ढिला गरे पछि धिरजले हुन्छ एउटा तपाई लिएर जानुस् मेरो एउटा म पछि लिउँला त्यसै बेला लाग्ने रुपैयाँ पनि बुझाउँछु । यति भनेपछि धिरज आफ्नो कोठामा गयो । धिरजले पनि सबैलाई खबर ग¥यो फेसवुकमा पनि समाचार प्रसारण ग¥यो कार्यक्रम हुन दुई दिन अघि अस्पष्ट भाषामा त्यो मित्रले फोन गर्दै भन्यो “ब्यानर… ब्यानर… लेखाउने दुकानको नजिकै मिलमा छ ल्याउनु होला” । धिरज एक दुई पल्ट ब्यानर लिने ठाउँमा गयो तर पसल बन्द थियो । त्यसको भोलीपल्ट जाँदा पसल खुला रहेछ र भित्र गएर ब्यानर माग्यो एउटा मात्र दियो । अर्को साथीको पनि यहाँ छ रे नि ? भनि प्रश्न गर्दा उहाँले “पठाउनु भएको अर्को मान्छेले पैसा दिएर ब्यानर लगि सक्नु भयो” भनेपछि धिरजले आफ्नो ब्यानर लिएर गयो ।
नयाँ ठाउँ त्यो साथीको निवास पत्ता लगाउन धिरजलाई निकै गाह्रो भयो कहिले नगएको ठाउँ लोकेशन र नक्शाले पनि के काम गर्नु र ? लोकशन पत्ता लगाउनै आधा घण्टा लाग्यो ।
बल्ल बल्ल उनको घरमा पुग्यो ।केही मान्छे जम्मा भएका रहेछन् । चिसोमा घाम तापेर बसेका थिए । धिरज घर पुगेको के थियो साथीले भन्यो “ब्यानर लिएर आउनु भयो ? धिरजले तपाईको मान्छेले लगिसक्यो भनेर आर्टिष्टले भन्यो । भनेपछि ब्यानरको खलवल प¥यो । ब्यानर लगि सक्यो भनेकाले धिरजले आफ्नो ब्यानर साथमा ल्याउनु त्यत्ति आवश्यक देखेनन् र कोठामै छाडेका थिए ।
साथी छट्पटाए, हैन कागजमा लेखी कार्यक्रम गरौ भन्न लाग्यो । धिरजले अस्विकार गरे । बरु कोठामा गएर ब्यानर मागी ल्याउनुस एक मोटरसाइकल लिएर जानुस् भने त उ त्यत्तिकै अलमल गरिरहे बरु कार्यक्रम नै नहुने धिरजले भने पछि उ ब्यानर लिन गयो ।
१ घण्टा पछि ब्यानर लिएर आयो र सबै कार्यक्रम गर्ने तला छट तिर लागे जुत्ता राख्ने ठाउँ पनि केहि निश्चित थिएन अध्यारो जसले जहाँ मन लाग्यो उतै राख्ने गरेको देख्यो । धिरज पनि माथी गएर ब्यानर राख्ने ठाउँ मिलायो तर कार्यक्रम कसरी चलाउने लेखिएकै रहेनछ । स्वागत कोले गर्ने भयो भनि सोध्दा उसले एकजना महिलाको नाम काट्यो र भन्यो
उसले गर्छ धिरजले ति महिलालाई सोधे कार्यक्रम सञ्चालन तपाई गर्नु हुन्छ ? म कुनै कार्यक्रम गएको बोलेको छैन साहित्यको स पनि थाहा छैन भन्यो । धिरजले नै अर्को लाई बोलाएर सञ्चालकको जिम्मा दियो । स्वागत कोले गर्छ भनि सोध्दा पनि उनी उपस्थित भएकोमा अनुहार हेर्न लाग्यो । के गर्नु भएको यस्तो न कार्यक्रम लेख्नु भएको छ न कार्यक्रमको स्वागत गर्ने र सञ्चालन गर्ने व्यक्ति नै लगाउन भन्नु भएको छ ?
धिरजलाई साथीको व्यवहार देखेर दिक्क लाग्यो कुरा त सबैको राम्रै हुन्छन् तर व्यवहारमा नपरी को कस्तो छ थाहा हुँदैन भनेको पनि यसैले होला । उसले ५ जनालाई सोधेर बल्ल एक जनालाई स्वागतको जिम्मा दियो ।
विहान ११ बजे पुगेका सहभागी ४ बजे दिउसो कार्यक्रमबाट निस्किए । सहभागी एकले भन्यो के जलपान गरेको त्यस्तो कालो चिया र दुई टुक्रा विस्कुट । कमसेकम च्युरा भुजा वा अरु केही त व्यवस्था हुनुपथ्र्यो के …. कार्यक्रम गरेको होला ?
धिरज कार्यक्रम स्थलबाट झर्दा सहभागी सबै झरी सकेका थिए र अँध्यरोमा एक जोर जुत्ता देखे र लगाए ठिकै भयो यसमा शंका गर्ने ठाउँ नै रहेन ।
भोलिपल्ट हेर्दा कालो जुत्ता रातो पो देख्यो लौ हिजो कसैले मेरो जुत्ता लगाएर आफ्नो जुत्ता छाडेका रहेछन् । धिरजलाई कार्यक्रमको सबै कुराले दिक्क लाग्यो । फोन गरे साथी चाहिले जुत्ता साटिएको कुरा त गथ्र्यो भने पछि त्यसको नाम र नम्वर लिएर १ घण्टा मोटरसाइकलमा लगिदिन कसैलाई अनुरोध गरि जुत्ता फिर्ता ल्याए । धन्य मान्छेको प्रकृति ? धिरजले लामो सास फे¥यो ।