मान्छेले बुद्धि पुर्याएन !

मान्छेले बुद्धि पुर्याएन !

कपन अनलाइन

काठमाडौं ,चैत ७। पवन बुढाथोकी/ कविता

मान्छेले बुद्धि पुर्याएन
मान्छेकै कारणले
मान्छेकै हानी हुँदा नि
चेत आएन !
इमानदार भन्दा धुर्तहरुको
बर्चस्व भो
सिधासाधा जनताले
खाई नखाई
बचाएको सम्पति
चलाख र काइतेहरुको
लागि खर्च भो !
भन्नलाइ त भन्छ्न नि
“जनता र देशको सेवक हौँ”
यसै भनी भनी
सबैका टाउका माथि चढ्छन
ठाँउमा पुगेपछि
आफ्नो र आ— आफ्ना
परिवार, आसेपासेका
भलाइ मात्र गर्छ्न् !
सत्यलाइ छोडेर असत्यको
बिगबिगी बढी भयो
सत्य निष्ठा बरु
पुर्खाहरुमा रहेछ
जुन उहाँहरु सङ्ग नै गयो !
शक्ति र उनका मतियारलाई
सबैथोक भयो
बाँकि निमुखाका भागमा
दुख, पीडा र अनाहाकमा
आवश्यकता भन्दा बढी
परिश्रम मात्रै गर्नु पर्ने भयो
त्यसको फलचै
उनै धुर्त र काइतेका भागमा गयो !
सारा विश्वमा कोरोनाको भयले
चिन्तित रहि युद्ध स्तरमा
त्यस्को विरुद्ध लड्न र
नियन्त्रण गर्न प्रयासरत
रहेको बेला
झन् आफ्नै देशमा भने
त्यसकै लागि खटिएकाले
रोग लाग्यो भने
राज्यले केही गर्न सक्तैन
आफ्नै घरमा कोचिएर
क्वारेन्टाइन बनाइ बस्नु पर्ने भन्ने
मनसाय आए पछि
भाषणमा सुनिने गरेका
बारम्बार घोक्ने र खोक्ने गरेका
प्रजातन्त्र, मानव अधिकार
न्याय र समानताको
के पो अर्थ रह्यो !
अब भनौ
एउटै धर्तीमा जन्म लिएका मध्ये
को शासक र कुनचाहिँ शासित भयो !
वीर बिराङ्गना र
वीर सहिदहरुले रगत बगाएका
कस्का लागि मात्रै भयो !
कोरोना आउला न आउला
हाम्रा लागि
दिल दुख्ने अभिव्यक्ति
हाल कोरोनाको प्रकोपबाट
थलिएका भन्दा पनि
दुःखद र पिडादायी रह्यो !

तपाइँको प्रतिक्रिया ।