माफको अध्यक्षमा रिता राई दाहाल निर्वाचित

माफको अध्यक्षमा रिता राई दाहाल निर्वाचित

कपन अनलाइन

काठमाडौं ,चैत्र ३ । म्युचअल एकेडेमीक एक्टिभिटिज फोरम (माफ) को अध्यक्षमा रिता राई दाहाल निर्वाचित भएकी छिन् ।

चन्द्रागिरी हिल रिसोर्टमा शनिबार भएको वार्षिक साधारणसभाबाट दाहालको नेतृत्वमा ७ सदस्य नयाँ कार्यसमिती निर्वाचित गरिएको हो ।
उक्त वार्षिक साधारणसभाबाट उपाध्यक्षमा प्रज्वल कोइराला, सचिवमा इशु गुरुङ, कोषाध्यक्षमा राजेन्द्र थपलिया, सदस्यहरुमा राजेश खरेल, मदन पोखरेल, रेगन सिंह निर्वाचित भएका छन् ।

काठमाडौंका दर्जनौ  बिध्यालय सदस्य रहेको प्यावसन अन्तर्गतको यस संगठनले  ECA र CCA का नियमित कार्यक्रम जस्तै गित ,नृत्य, हस्तलेखन , समाचार वाचन,चित्र कला ,कविता वाचन ,वादविवाद र खेलकुद तर्फ भलिवल ,फुट्सल ,बास्केटवल प्रतियोगितालाई अझै  व्यवस्थित गर्दै लैजाने  जानकारी दिदै अध्यक्ष राइले आगामी दिनमा सदस्य बिध्यालयका प्रधान अध्यापकहरुको नेतृत्व विकासका लागि विशेष तालिम संचालन गर्ने योजना रहेको बताइन् ।

त्यस्तै बिध्यालयको शैक्षिक गुणस्तर विकासमा शिक्षकको भुमिका महत्त्वपूर्ण हुने भएकोले आगामी दिनमा तालिम संचालन गर्ने योजना रहेको बताउदै परिक्षालाई प्रभावकारी र अनुसासित बनाउदै शैक्षिक सुधारका विविध योजना  बनाउने जानकारी दिएकी छन।

तपाइँको प्रतिक्रिया ।