चन्द्रागिरि नगरपालिका–१० बाट ६ लाख थान मास्क बरामद

चन्द्रागिरि नगरपालिका–१० बाट  ६ लाख थान  मास्क बरामद

कपन अनलाइन

काठमाडौं ,चैत ३ । प्रहरीले काठमाडौंको सतुंगलबाट करिब ६ लाख थान सर्जिकल मास्क बरामद गरेको  छ । चन्द्रागिरि नगरपालिका–१० विष्णुदेवी गोदाममा १२० वटा कार्टुनमा राखिएका मास्क प्रहरीले बरामद गरेको हो ।

यसअघि कपनबाट १ लाख ६८ हजार थान र डल्लुबाट ७८ हजार थान मास्क बरामद भएको थियो ।शनिबार यता काठमाडौंबाट आठ लाख ४० हजार थान मास्क प्रहरीले बरामद गरिसकेको छ ।

तपाइँको प्रतिक्रिया ।