काठमाडौं ५ (२) मा जनमत बुझ्न अभियान संचालन गर्दै सांसद दिपक निरौला

काठमाडौं ५ (२) मा जनमत बुझ्न अभियान संचालन गर्दै सांसद दिपक निरौला

कपन अनलाइन

काठमाडौं ,चैत ३ ।

नेपाली राजनीतिमा धेरै ठाउमा निर्वाचित भए पछी सांसद र प्रतिनिधि हराएको गुनासो सुनिने गरेको छ। निर्वाचनको समयमा धेरै वाचा गर्ने तर चुनाव जितेपछि त्यस तर्फ खास चासो नदिने प्रवृति धेरै ठाउमा देखिदै आएको छ तर काठमाडौं क्षेत्र नं ५ प्रदेस २ का प्रदेस सभा सदस्य दिपक निरौला भने यो प्रवृतिको ठिक विपरित देखिन्छन ।

काठमाडौं उपत्यकाको शिवपुरी पर्वत शृंखलाको काखमा रहेको उत्तरी भेगलाई पर्यटकीय,धार्मिक र सामाजिक रुपमा सम्पन्न बनाउदै नमुना क्षेत्रको रुपमा विकास गर्ने अभियानमा निरन्तर क्रियाशील रहेका सांसद निरौलाले यसका लागि विभिन्न अभियानहरु संचालन गर्दै आएका छन ।

नेपाल सरकारका उप प्रधानमन्त्री ईश्वर पोखरेलको प्रतिनिधि सभा सदस्यको रुपमा अभिभाकत्व पाएका प्रदेस सभा सदस्य निरौलाले भौतिक निर्माणका साथै क्षेत्रका विविध पक्षहरुको सक्रिय सहभागितामा पृथक कार्यक्रम र अभियान चलाउदै आएका छन।काठमाडौं उपत्यकाको  शिवपुरी पर्वत शृंखलाको काखमा रहेको उत्तरी भेगमा पदयात्रा र आन्तरिक पर्यटनको गन्तव्य बनाउने अभियानको संयोजन गरेका निरौलाले अर्को अभियानको शुरुवात गर्ने पहल थालेका छन।

यसै क्रममा  काठमाडौं क्षेत्र नं ५ प्रदेस क्षेत्र २ का १२ वटै वडाहरुका स्थानीयहरु संग सांसदको कार्यलयले सुझाव संकलन अभियान संचालन  हुने भएको छ।

काठमाडौं महानगरपालिका ,बुढानिलकण्ठ र टोखा नगरपालिकाका १२ वटा वडा मिलेर बनेको यस निर्वाचन क्षेत्रमा संचालन भएका योजना ,विकास निर्माणको अवस्था र आगामी दिनमा गर्नुपर्ने कामका वारेमा स्थानीय जनताको प्रत्यक्ष संलग्नतामा सुझाव संलकनका लागि अभियान संचालन गर्न लागिएको हो ।

काठमाडौं क्षेत्र नं ५ (२) का करिव ७ हजार घरमा पुगेर जनताको सुझाव संकलन गर्दै आगामी दिनमा तिनै जनताको राय सुझावलाई आफ्नो निर्वाचन क्षेत्र विकासको मार्गचित्र बनाउने उदेश्यका साथमायो अभियान संचालन गर्न लागिएको सांसद निरौला बताउछन ।

आफ्नो निर्वाचन क्षेत्रमा रहेका तिन स्थानीय तहका १२ वडामा सुझाव संकलनका लागि स्वयंसेवक परिचालन गरिने र त्यस बाट आएका सुझावको विश्लेषण गर्दै जनताको प्रत्यक्ष सहभागितामा काम गर्ने योजनामा आफु रहेको निरौलाले जानकारी दिएका छन ।

करिव ३ सय ५० जना भन्दा बढी स्वयंसेवक परिचालन गरिने यस अभियानमा सो निर्वाचन क्षेत्रमा रहेका जनताले आफुले भोगेका समस्याका वारेमा जानकारी गराउनुका साथै क्षेत्रको विकासका लागि आफ्नो योजना समेत दिन सक्नेछन जसलाई प्रदेस सभा सदस्य निरौलाले प्रतिनिधि सभा सदस्य पोखरेलको अविभावकीय सहभागितामा लागु गर्नेछन।

सो अभियानमा रहने स्वयंसेवकले निम्न नमुना  प्रश्नमा केन्दित रहेर जनताको सुझाव संकलन गर्ने सांसद निरौलाले जानकारी दिएका छन :

१. यस निर्वाचन क्षेत्रमा अहिलेसम्म भएका कामहरुका वारेमा के के जानकारी छ ?

२. तपाइँले अहिले भोगेको मुख्य समस्याहरु के के छन ?

३. तपाइँले निर्वाचित गरेका जनप्रतिनिधिहरुको गरिरहेकाे काम कस्तो लागेको छ ?

४. अव तपाइँको क्षेत्रमा प्राथमिकता दिएर गर्नुपर्ने कामहरु के के हुन् ?

५. यस क्षेत्रलाई समृद्ध बनाउन के गर्न सकिएला ?

६. यस क्षेत्रको समृद्धिमा यहाँको योगदान के के हुन् सक्छन ?

७. यस क्षेत्रमा शैक्षिक विकासका लागि के गर्न सकिन्छ ?

८. यस क्षेत्रमा खेलकुदको विकास कसरी गर्न सकिन्छ ?

९. युवा र महिलाहरुका लागि कस्ता कार्यक्रम संचालन गर्नु पर्ला?

१०. आफ्नो सांसदले थप  के सृजनात्मक काम  गरून् भन्ने लाग्छ ?

यसमा थप कुनै सुझाव र अन्य सल्लाह भएमा सांसदको कार्यालयमा सम्पर्क गर्न सकिने जानकारी दिदै सांसद निरौलाले जनतासंग प्रत्यक्ष जोडिने अभियानमा सहयोगका लागि अपिल समेत गरेका छन।

 

 

तपाइँको प्रतिक्रिया ।