नेकपा एमालेमा ९८ /७५ मतको विभाजन: संसदिय दलको नेताबने केपी शर्मा ओली

काठमाडौं,माघ २१ – नेकपा एमालेकोे संसदिय दलको नेतामा केपी शर्मा ओली विजयी भएका छन् । उनीसँगै प्रतिस्पर्धामा रहेका पार्टी अध्यक्ष झलनाथ खनाललाई २३ मतको अन्तरले पराजित गरेर ओली विजयी भएका हुन् ।

नेकपा एमाले पार्टीकार्यालय   मदननगर बल्खु
नेकपा एमाले पार्टीकार्यालय मदननगर बल्खु

ओलीले ९८ मत पाएका थिए भने खनालले उनी भन्दा २३ मत कम अर्थात ७५ मत मात्र पाएका छन् । यो सँगै एमालेको नेतृत्वमा सरकार बनेमा केपी शर्मा ओलीका लागि प्रधानमन्त्री बन्ने ढोका खुलेको छ ।

तपाइँको प्रतिक्रिया ।