एमाले संसदीय दलको नेतामा सर्वसम्मत हुन सकेन, निर्वाचन ४:३० मा हुने

नेकपा एमाले संसदीय दलको नेतामा सर्वसम्मत हुन नसकेपछि निर्वाचनबाटै टुंगो लगाउने निर्णय गर्दै केन्द्रीय कमिटी बैठक टुंगिएको छ। पार्टीको सोमबार बसेको केन्द्रीय समितिको बैठकले मंगलबार विहान ११ बजेसम्म सहमतिका लागि अल्टिमेटन दिएपनि सहमति हुन नसकेपछि चुनाव हुन लागेको हो । मतदान भने साढे ४ बजेबाट सुरु हुने जनाइएको छ ।

ओलीलाई संसदीय दलमा उपाध्यक्ष बामदेव गौतमले सघाउने भएपछि अध्यक्ष झलनाथ खनाल पक्ष कमजोर बनेको बताइन्छ । संविधानसभामा एमालेका १ सय ७५ सिट छन् । निर्वाचनमा माधव नेपाल र गौतमले दुई दुई ठाउँबाट चुनाव जितेकाले १ सय ७३ जनाले मात्र मदतान गर्नेछन् ।

एमालेको यो आन्तरिक राजनीतिले एमालेमा मात्र हैन देशकै राजनीतिमा पनि असर पार्नेछ। एमालेमा कस्तो नेतृत्व आउँछ, त्यसैले नेपाली काँग्रेससँग सहकार्य हुने/नहुने निश्चित गर्नेछ। एमालेको सहयोग बिना काँग्रेसले सहज रूपमा सरकार बनाउन सक्ने कुरा पनि भएन।

तपाइँको प्रतिक्रिया ।