आरसिटीका खेलाडी दिपक थापालाई एन्फाले लगायो १ वर्षको प्रतिवन्ध

काठमाडौं, माघ २१ – अखिल नेपाल फुटवल संघ एन्फाले आरसिटीका खेलाडी दीपक थापालाई १ वर्षको प्रतिबन्ध लगाएको छ ।

माघ १९ गते जाउलाखेल युथ क्लवविरुद्धको खेलमा रेफ्रिमाथि दुर्ब्यवहार गरेको भन्दै एन्फाले दिपक थापालाई एक वर्षको प्रतिबन्ध लगाएको हो ।

यस्तै एन्फाले आरसिटीकै कृष्ण कुँवर र सुविनकुमार श्रेष्ठलाई जारी ए डिभिजन लिगका बाँकी खेल खेल्न प्रतिबन्ध लगाएको छ  । एन्फाका महासचिव धिरेन्द्र प्रधानका अनुसार थापाले एन्फाले सञ्चालन गर्ने तथा एन्फाबाट स्वीकृती लिई देशभरि सञ्चालन हुने कुनैपनि प्रतियोगितामा एकबर्षसम्म खेल्न पाउने छैनन् ।

 

तपाइँको प्रतिक्रिया ।