सिरिसे पुल : बालकृष्ण ढुंगेलको सपना साकार पार्न यज्ञराज सुनुवारको पहल
कपन अनलाइन
ओखलढुंगा ,फागुन २५।
बालकृष्ण ढुंगेल नेपालको राजनीतिक वृतमा परिचित नाम हो। त्यस्तै ओखलढुंगा जिल्लाको विकासको चर्चा चल्दा पनि पहिलो पंक्तिमा आउने नाम हो बालकृष्ण ढुंगेल।
२०६४ शालमा ओखलढुंगा जिल्लाको क्षेत्र नं २ बाट प्रतिनिधि सभामा निर्वाचित भए पश्चात उनले सो क्षेत्रमा सामरिक महत्व र अधिकतम जनहितका योजनाहरु शुरु गरेका थिए।
तत्कालिन प्रधानमन्त्री प्रचण्डको प्रमुख आतिथ्यमा पोकली महोत्सव र घोराखोरिमा डा .बाबुराम भट्टराईको सहभागितामा भएको कार्यक्रम मार्फत सधै राजनीतिमा ओज पूर्ण भए पनि विकासमा ओझेल परेको ओखलढुंगालाई अग्रपथमा लैजाने पहलको शुरुवात गरेका ढुंगेलले त्यसवेला जिल्लाका पश्चिमी क्षेत्रको लाइफ लाइनका रुपमा रहेका साँघुटार र सिरिसे पुल निर्माणको पहल गरेका थिए।
ति दुइ महत्वपूर्ण भौतिक संरचना थिए जसले ओखलढुंगा जिल्लाको पश्चिम भेगको विकासमा कोशेढुंगाको काम गर्ने निश्चित थियो र त्यसको लागि ढुंगेलले निरन्तर पहल गर्दै आएका थिए तर राजनीतिको भुमरीमा फसेका उनले त्यस विचमा उक्त अभियानलाई प्रत्यक्ष उपस्थित भएर अगाडी बढाउन पाएनन्।
त्यस विचमा साघुटारमा पुल निर्माण सम्पन्न भएर सावारी आवतजावत शुरु भयो भने सिरिसे पुल अलपत्र अवस्थामा नै रहयो । लेतिका बासिन्दा ढुंगेलले आफ्नो जीवनको उर्वर समय विताउदै उकाली ओराली गरेको सो क्षेत्रको कायापलट गर्न सक्ने सो भौतिक संरचनाको निर्माणका लागि प्रयास भने छोडेका थिएनन् ।
हुन त् समयको भुमरीमा परेर उनको उत्पादनको नमुना ओखलढुंगा बनाउने सपना रुमल्लियो तर पनि उनले भौतिक निर्माणको अभियान भने निरन्तर जारि राखे जसको परिणाम अहिले ओखलढुंगा वासीले प्रत्यक्ष महसुस गरिरहेका छन ।
नेपालको राजनीतिक र सामाजिक परिवर्तनका लागि एक दशक भन्दा बढी कठोर यातना खपेर जेल जीवन बिताएका ढुंगेलको अलपत्र परेको सपना ब्युताउन ओखलढुंगा जिल्लाका प्रतिनिधि सभा सदस्य यज्ञराज सुनुवार जब मैदानमा उत्रिए त्यसमा ढुंगेलले दरिलो साथ र समर्थन जनाए जसको परिणाम अहिले सो क्षेत्रका जनताले महसुस गरिरहेका छन ।
दैनिक करिव डेढ दर्जन औसधि सेवन गरे पनि आफुले कहिले पनि स्लिपिंग ट्याबलेट खाएर जवर्जस्ती निदाउनु नपरेको बताउने ढुंगेलको सपना अहिले पुरा भएको छ जसको सारथी बनेका छन सांसद यज्ञराज सुनुवार अनि त्यसको सुखद लाभ दशकौ देखि विकासको अपेक्षा गर्दै पर्हिरहेका जनताले पाएका छन।