बुढानिलकण्ठ १० मा अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाइयो

बुढानिलकण्ठ १० मा अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाइयो

कपन अनलाइन 

काठमाडौं ,फागुन २५।

संयुक्त महिला संजाल बुढानिलकण्ठ १० को आयोजनामा ११० औ अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाइएको छ।

बुढानिलकण्ठ नगरपालिका वडा १० को सहकार्यमा भएको कार्यक्रममा बागमती प्रदेशका प्रदेश सभा सदस्य कुसुम कुमार कार्की , बुढानिलकण्ठ नगरपालिकाकि उपप्रमुख रमा राई , नेकपाका नेता ठाकुर प्रसाद खकुरेल ,नेकपा काठमाडौं जिल्ला कमिटी सदस्य धुर्वराज न्यौपाने , वडा १० का अध्यक्ष नवराज भट्टराई , नेकपा बुढानिलकण्ठका सदस्य शिव बजगाइ,कुमार खरेल , देवी रेग्मी ,हेमा अधिकारी ,नेकपा बुढानिलकण्ठ १० का अध्यक्ष जगत प्रसाद निरौला,नेकपा वडा ११ का अध्यक्ष हरिराम ढुंगाना , वडा १० का सदस्यहरु रिता दाहाल र दिल कुमारी बिक, नगरपालिकाकि सल्लाहकार बिन्दा गौतम लगायत उपस्थित रहेका थिए ।

बुढानिलकण्ठ नगरपालिका वडा १० ह्यान्डबल मैदानमा उद्घाटन भएको कार्यक्रममा सहभागीहरुले वडाका विभिन्न स्थानमा सचेतनामुलक ब्यानर र पर्चा वितरण गरिने संजालकि संयोजक बिध्या सुवेदीले जानकारी दिएकी छन।

बुढानिलकण्ठ नगरपालिका उप प्रमुख रमा राई

अनौपचारिक रूपमा आयोजना गरिएको उक्त कार्यक्रमको शुरूवात गर्दै बुढानिलकण्ठ नगरपालिकाकि उपप्रमुख रमा राइले श्रमिक महिलाहरुको हक हित र अग्रगामी बिकासका लागि सबैले एकजुट भएर लाग्नुपर्ने धारणा राखेकी थिइन ।

त्यस्तै कार्यक्रममा सहभागी नेकपा बुढानिलकण्ठ १० का अध्यक्ष जगत प्रसाद निरौलाले यस वर्षको कार्यक्रम बिगतको तुलनामा फितलो भएको प्रतिक्रिया दिएका छन ।बिगतका वर्षहरुमा नगरका महिला दिदिबहिनीहरुको व्यापक सहभागीता रहने गरेकोमा यस पटक उचित समन्वय र संचारको अभाव देखिएकोले आगामी दिनमा त्यस तर्फ सचेत हुनुपर्ने उनको सुझाव रहेको थियो।

बुढानिलकण्ठ १० का अध्यक्ष नवराज भट्टराईले कोभिड १९ ( कोरोना ) भाइरसको प्रकोप बाट बच्न सजगता अपनाउनु पर्ने भएकोले बृहत कार्यक्रम आयोजना गर्न नसकिएको बताउदै बिगतको अभियानको निरन्तरता टुट्न नदिन यस वर्ष अनौपचारिक रूपमा कार्यक्रम आयोजना गरिएको बताए ।

महिला हिंसाको अन्त्य र श्रमिक महिलाहरुको श्रमको सम्मानका लागि सबैले प्रतिवदत्ता व्यक्त गर्न हस्ताक्षर गरिएको जानकारी दिदै अध्यक्ष भट्टराईले कार्यक्रममा सहभागीहरुलाई धन्यवाद दिएका थिए।

तपाइँको प्रतिक्रिया ।