नेपाल तरुण दल काठमाडौं क्षेत्र नं ३ ले आज शोक सभा गर्दै

नेपाल तरुण दल काठमाडौं क्षेत्र नं ३ ले आज शोक सभा गर्दै

कपन अनलाइन

काठमाडौँ फागुन २४।नेपाल तरुण दल  काठमाडौं क्षेत्र नं ३ ले आज शोक सभा गर्ने भएको छ। नेपाल तरुण दल गोकर्णेश्वर नगर समिति काठमाडौंका अध्यक्ष गोपाल श्रेष्ठ हृदयाघातका कारण असामयिक निधन  भएको १३ औं पुण्य तिथिमा उक्त शोक सभा गर्न लागिएको हो। श्रेष्ठको गोकर्णेश्वर नगरपालिका अत्तरखेल स्थित नेपाल मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको थियो  ।

स्व. श्रेष्ठ नेपाल तरुण दल गोकर्णेश्वर नगर समिती अध्यक्ष हुनुको साथै नेपाल मेडिकल कलेज प्रा.लि., शिक्षण अस्पतालको सि.एम.आई. शाखामा कार्यरत रहेका थिए।  विभिन्न् सामाजिक कार्यमा समेत अग्रणी भूमिका खेल्दै आएका उनि श्री कान्ति भैरबनाथ धिमे खल: को स्थापनाकाल देखि सल्लाहकारको रुपमा महत्वपूर्ण योगदान दिदै आएका थिए। उनले नगरमा इ भिलेज लगायतको कार्यक्रम सहित बिभिन्न कार्यमा सहयोगी भूमिका खेल्दै आएका थिए । आज शनिबार बिहान ८ बजे जोरपाटी चोकमा हुन लागेको सो शोक सभामा उपस्थित हुनको लागि आयोजकले अनुरोध गरेको छ ।

तपाइँको प्रतिक्रिया ।