श्री आरुबारी युवा क्लब द्वारा आयोजित प्रथम अन्तर बिध्यालय सेभेन ए साइड फुटसल प्रतियोगिताको क्वाटरफाइनलका खेलहरु सम्पन्न
कपन अनलाइन
काठमाडौँ फागुन २४ ।गोकर्णेश्वर नगरपालिका वडा नं ८ आरुबारीमा रहेको श्री आरुबारी युवा क्लब द्वारा विकास, अनुशासन र गतिशिलता खेलाडीको पहिचान ,आपसी सदभाब, भातृत्व र सदाचार हाम्रो अभियान , राष्ट्रको लागि खेलकुद स्वास्थ्यको लागि खेलकुद भन्ने मूल नाराको साथमा आयोजित प्रथम अन्तर बिध्यालय सेभेन ए साइड नक आउट मेयर कप फुटसल प्रतियोगिताको शुक्रबार क्वाटरफाइनलका खेलहरु सम्पन्न भएको छ।
गोकर्णेश्वर माकलबारी स्थित मनकामना फुटसलमा जारि उक्त प्रतियोगिताको पहिलो क्वाटर फाइनल खेल जीवन तारा एकेडेमी बि र बाल संसार सकुल बीच भएको थियो। निकै नै प्रतिस्पर्धात्मक बनेको सो खेलमा जीवन तारा बि ले बाल संसार स्कुललाइ ४-२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
त्यसै गरि शुक्र बार नै सम्पन्न दोस्रो क्वाटरफाइनल खेल सहयोगी माबी र सांग्रिला पब्लिक स्कुल बीच भएको थियो। उक्त खेलमा सांग्रिला पब्लिक स्कुलले सहयोगी माबीलाइ ४-२ गोल अन्तरले पराजित गर्न सफल भएको थियो। त्यसै गरि सोहि दिन भएको तेस्रो क्वाटर फाइनल खेल समता शिक्षा निकेतन र त्रिकोण स्कुल बीच भएको थियो। निकै नै प्रतिस्पर्धात्मक बनेको सो खेलमामा समता शिक्षा निकेतनले त्रिकोण स्कुललाइ २-१ गोल अन्तरले पराजित गर्दै सेमीफाइनलमा प्रवेश गरेको छ।
त्यसै गरि प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेल कान्ति भैरब माबी र मनकामना स्कुल बीच भएको थियो ।उक्त खेलमा कान्ति भैरब माविले मनकामना स्कुललाइ ४-० गोलको भारी अन्तरले पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ ।त्यसै गरि सांग्रिला पब्लिक स्कुल र छहारी शिक्षा सदन बीच हुने भनिएको खेलमा छहारी शिक्षा सदन उपस्थित नभए पश्चात सांग्रिला पब्लिक स्कुलले बाइ पाउदै सेमिफाइनलमा प्रवेश गरेको छ।
फागुन २३ गते बाट शुरु भएको सो प्रतियोगिताको फाइनल खेल फागुन २५ गते हुने आयोजकले बताएको छ ।कुल १२ बिध्यालयका १५ वटा टिमले सहभागिता जनाएको उक्त प्रतियोगितामा प्रथम दितीय हुनेले नगद पुरस्कार क्रमश रु २५ हजार र १५ हजार सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ भने प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरेको आयोजक संस्थाका अध्यक्ष फुर्साङ तामाङले बताए ।आज बाट सेमिफाइनलका खेलहरु हुनेछन ।