गोकर्णेश्वर नगरपालिकामा देश ब्यापी राष्ट्रिय कविता प्रतियोगिता सम्पन्न

गोकर्णेश्वर नगरपालिकामा देश ब्यापी राष्ट्रिय कविता प्रतियोगिता सम्पन्न

कपन अनलाइन

काठमाडौं फागुन २०। गोकर्णेश्वर नगरपालिका र ग्राम निर्माण बन्धु क्लब आरुबारीको संयुक्त रुपमा आयोजित देश ब्यापी राष्ट्रिय कविता प्रतियोगिता सम्पन्न भएको ।छ गोकर्णेश्वर नगरपालिका वडा नं ८ र ९ को सिमानामा पर्ने आरुबारी चोकमा भएको सो कबिता प्रतियोगिता उद्घाटन सत्रका प्रमुख अतिथि नेपाल सरकारका पर्यटन मन्त्रि योगेश भट्टराई राहेका थिए।

  त्यसैगरी बिशेष अतिथिको रुपमा संघिय सांसद कृष्ण राइ बागमती प्रदेशका  वाग्मती प्रदेशको भौतिक योजना तथा विकास मन्त्री रामेश्वर फुयाँल, गोकर्णेश्वर नगरपालिका कि उप प्रमुख शान्ती नेपाल ग्राम निर्माण बन्धु क्लब का अध्यक्ष एबम गोकर्णेश्वर नगरपालिकाका नगरपालिकाका  प्रमुख सल्लाहकार दिपक रिसाल,गोकर्णेश्वर नगरपालिका शिक्षा शाखा प्रमुख विजय राज आचार्य  गोकर्णेश्वर नगरपालिका  वडा नं ९ का वडा अध्यक्ष राजिब थापा, वडा नं १ का वडा अध्यक्ष राम मानन्धर, वडा नं ३ का वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारी ,वडा नं  ८ का वडा सदस्य नन्दलाल श्रेष्ठ,कार्यक्रम संयोजक साहित्यकार गोबिन्द घिमिरे (बेदमणि) कर्मचारी  लगायत बिभिन्न प्रतियोगितामा सहभागी साहित्यकार एबम स्थानीय ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।कार्यक्रमको अध्यक्षता गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि र्पयटन मन्त्रि योगेश भट्टराईले पानसमा दिप प्रज्वलन गरि कार्यक्रम को उद्घाटन गरेका थिए ।कार्यक्रममा गोकर्णेश्वर नगरपालिका शिक्षा शाखा प्रमुख विजय राज आचार्यले स्वागत मन्तब्य राख्दै कार्यक्रम को उदेश्य माथि प्रकाश पारेका थिए। कार्यक्रम गोकर्णेश्वर नगरपालिका वडा नं ९का वडा अध्यक्ष राजिब थापा, ग्राम निर्माण बन्धु क्लबका अध्यक्ष एबम नगरपालिका का प्रमुख सल्लाहकार दिपक रिसाल संघिय संसद कृष्ण राइ, बागमती प्रदेशका   भौतिक योजना तथा विकास मन्त्री रामेश्वर फुयाँल,  गोकर्णेश्वर नगर प्रमुख सन्तोष चालिसे र कार्यक्रमका प्रमुख अतिथि पर्यटन मन्त्रि योगेश भट्टराई, लगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा स्वागत नृत्य मार्फत मनोरंजन प्रदान गरिएको थियो ।

नगरपालिकाले केही महिनाअघि सूचना प्रकाशित गरी देशव्यापी राष्ट्रिय कविता प्रतियोगिताको निम्ति कविहरूबाट कविता आह्वान गरेको थियो | प्राप्त कविताहरू मध्येबाट ४० वटा कविता छनौट गरी फागुन १६ गते प्रतियोगिता आयोजना गरिएको थियो ।  उक्त प्रतियोगितामा   जगदीश्वर पोखरेल पहिलो, दिनेशविक्रम थापा दोस्रो र पदम दाहाल तेस्रो भएका थिए ।

गोकर्णेश्वर नगरपालिकाको आरुबारी चोकमा सम्पन्न उक्त कार्यक्रममाछनौट भएका कबिता वाचनपछि पहिलो घोषित भएका पोखरेलले नगद रु‍. ५१ हजार र प्रमाणपत्र प्राप्त गरे । दोस्रो भएका थापाले नगद रु‍. ३१ हजार पाए भने तेस्रो स्थान हासिल गरेका दाहालले नगद रु‍. २१ हजार पाए । सान्त्वना पुरस्कार याज्ञबल्क्य न्यौपाने र डाक्टर सत्यराज थपलियाले रु‍. १०–१० हजार प्राप्त गरे । विजयी कविहरुलाई प्रतियोगिता समापन सत्रका प्रमुख अतिथि   शताब्दी पुरुष सत्यमोहन जोशी  गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे लगायतले   पुरस्कृत गरेका थिए । कार्यक्रममा प्रदेश तर्फ बाट तीन तिन जनालाई उत्कृष्ट घोसित गरिएको थियो।

प्रदेशतर्फ १ नम्बर प्रदेशबाट जीवन आरोही, खोलाघरे साइँलो र गणेशप्रसाद खतिवडा उत्कृष्ट भएका छन् । २ नम्बर प्रदेशका सम्पतकुमार काफ्ले उत्कृष्ट भएका छन् । ३ नम्बर प्रदेश (वागमती) मा शम्भुप्रसाद गजुरेल, दीपक सापकोटा र मुकुन्द शर्मा चालिसे उत्कृष्ट घोषित भए । त्यसैगरी ४ नम्बर प्रदेशबाट संयोग बस्याल, राजकुमार देवकोटा र गंगा आचार्य सापकोटालाई उत्कृष्ट घोषित गरिएको थियो ।

५ नम्बरबाट कर्मसही घर्ती मगर, सुमन थापा र आरबी निश्चल उत्कृष्ट भए । त्यस्तै ६ नम्बर प्रदेश (कर्णाली) बाट सिर्जना शर्मा, उमेश पुन एटम र नगेन्द्रप्रसाद आचार्य उत्कृष्ट भए । ७ नम्बरबाट हिरा भट्ट, मोहित जोशी र केशवराज भट्ट सागर उत्कृष्ट घोषित भए । प्रदेशमा उत्कृष्ट भएका सबै कवि–कवियत्रीहरुलाई जनही ५ हजार र प्रमाणपत्र प्रदान गरिएको थियो ।

तपाइँको प्रतिक्रिया ।