नेपाली काग्रेसका सभापति शेरबहादुर देउवा द्वारा ७ विभागीय प्रमुखहरु मनोनयन

नेपाली काग्रेसका सभापति शेरबहादुर देउवा द्वारा ७ विभागीय प्रमुखहरु मनोनयन

कपन अनलाइन

काठमाडौं फागुन २०। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी विधान र नियमावली बमोजिम थप ७ विभागीय प्रमुखहरुको मनोनयन गरेका छन्। सभापति देउवाले सोमबार संशोधिन विधानको दफा ३७ को उपदफा १ को खण्ड (ग) अनुसार थप ७ विभागका प्रमुखको नाम सार्वजनिक गरेका हुन्।

केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले जारी गरेको विज्ञप्ति अनुसार, केन्द्रीय सदस्य एनपी साउदलाई शुभेच्छुक संस्था समन्वय विभाग, अम्बिका बस्नेतलाई वन, वातावरण तथा विपद व्यवस्थापन विभाग, ईश्वरी न्यौपानेलाई महिला विभाग, केशवकुमार बुढाथोकीलाई राज्य प्रशासन विभाग, मोहन बस्नेतलाई खेलकूद विभाग, बीरबहादुर बलायरलाई निर्माण व्यवसायी समन्वय विभाग र हरिप्रसाद नेपाललाई शिक्षा विभाग प्रमुख बनाएका छन।

 

तपाइँको प्रतिक्रिया ।