बुढानिलकण्ठमा समुदाय प्रहरी साझेदारी अन्तर्गत शान्ति सुरक्षामा स्थानीय प्रहरीको भूमिका बिषयक अन्तरक्रिया सम्पन्न

बुढानिलकण्ठमा समुदाय प्रहरी साझेदारी अन्तर्गत शान्ति सुरक्षामा स्थानीय प्रहरीको भूमिका बिषयक अन्तरक्रिया सम्पन्न

कपन अनलाइन

काठमाडौं,फागुन १९ ।महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत शान्ति सुरक्षामा स्थानीय प्रहरीको भूमिका बिषयक अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । आइतबार महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठ र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र बुढानिलकण्ठको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथिको रुपमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल रहेका थिए।

 त्बियसै गरि बिशेष अतिथिको रुपमा बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दब प्रसाद खरेल , नेपाल प्रहरीका पुर्व प्र.अ.म.नि दिपक सिंह थाङदेन,पुर्व प्र.अ.म.नि नवराज ढकाल, पुर्व प्र.अ.म.नि जय बहादुर चन्द्र, पुर्व प्र.अ.म.नि अर्जुन जंग शाही, पुर्व प्र.अ.म.नि विजय कुमार भट्ट, पुर्व प्र.म.नि श्याम बहादुर खड्का, पुर्व प्रहरी संगठन नेपालका अध्यक्ष एबम् नार्कोनन नेपालका संचालक पुर्व प्र.ब.उ बसन्त राज कुवर, महानगरीय प्रहरी परिसर काठमण्डौका प्रमुख प्र.ब.ऊ. उत्तम राज सुबेदी,पुर्व प्र.ब.उ. मान बहादूर रावल, पुर्ब प्र.ब.उ.ज्ञानोदराज बैध्य, महानगरीय ट्राफिक महाशाखा रामशाहपथ काठमण्डौ प्रमुख प्र.ब.उ. भीम ढकाल , महानगरीय प्रहरी कार्यलय रानीपोखरीका प्र.ब.उ. श्याम ज्ञवाली,प्र.ब.उ. किरण बज्रचार्य , महानगरीय परिचालन कक्षका प्रमुख प्र.उ. रेवती ढकाल, महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख प्र.ना.उ. उमेश लम्साल , महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठका प्रमुख प्र.नि. भुपेन्द्र गिरी, बुढानिलकण्ठ नगरपालिका वडा नं १ का वडा अध्यक्ष सुरेन्द्र लामा, वडा नं २ का वडा अध्यक्ष राजेन्द्र खड्का,वडा नं ३ का वडा अध्यक्ष बाल कृष्ण श्रेष्ठ,वडा नं ४ का वडा अध्यक्ष राजु खड्का,वडा नं ५ का वडा अध्यक्ष विजय तामाङ वडा नं ६ का वडा अध्यक्ष नबिन केसी,वडा नं ७ का वडा अध्यक्षबस नारायण महर्जन वडा नं ८ का कार्यबाहक वडा अध्यक्ष माधब पौडेल वडा नं १३ का वडा अध्यक्ष श्री कृष्ण श्रेष्ठ,सामुदायिक सेवा केन्द्रका सचिब जनक थापा, बुढानिलकण्ठ युवा क्लब का अध्यक्ष गणेश कुँवर नेकपा बागमती प्रदेश सचिवालय सदस्य  सुन्दर पुर्कुटी, चपली महिला महासंघ अध्यक्ष निशा बराल,चिसेनी युथ क्लब का अध्यक्ष लक्ष्मण रोक्का लगायत स्थानीयहरुको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रममा पछिल्लो समय अपराधिक क्रियाकलापमा कमि आएको जानकारी गराउदै नेपाल प्रहरी शान्ति सुरक्षा कायम गर्न हर बखत तयार रहेको बताएका थिए भने प्रहरीले संचालन गरेको समुदाय प्रहरी साझेदारी कार्यक्रम फलदायी भएको जसले गर्दा स्थानीय र प्रहरी बीचको सम्बन्धमा सुधार आएको पनि बताइएको थियो। कार्यक्रममा शान्ति सुरक्षा कायम गर्नको लागि स्थानीयको भूमिका महत्वपुर्ण रहने सहभागीहरुले बताएका थिए।  कार्यक्रममा पूर्व प्रहरीका बरिष्ठ अधिकृतहरुले आफ्नो ज्ञान शिप कला र कौशललाइ प्रयोग गर्दै स्थानीय संग सहकार्य गर्दै अघि बढ्नु पर्ने धारणा ब्यक्त गरेका थिए।

 बुढानिलकण्ठ नगरपालिका प्रमुख उद्दब प्रसाद खरेल बुढानिलकण्ठ नगरपालिका वडा नं १ का वडा अध्यक्ष सुरेन्द्र लामा, वडा नं २ का वडा अध्यक्ष राजेन्द्र खड्का,वडा नं ३ का वडा अध्यक्ष बाल कृष्ण श्रेष्ठ,वडा नं ४ का वडा अध्यक्ष राजु खड्का,वडा नं ५ का वडा अध्यक्ष विजय तामाङ वडा नं ६ का वडा अध्यक्ष नबिन केसी,वडा नं ७ का वडा अध्यक्षबस नारायण महर्जन वडा नं ८ का कार्यबाहक वडा अध्यक्ष माधब पौडेल वडा नं १३ का वडा अध्यक्ष श्री कृष्ण श्रेष्ठ,चिसेनी युथ क्लब का अध्यक्ष लक्ष्मण रोक्का लगायतले समुदाय प्रहरी साझेदारी कार्यक्रम फलदायी भएको र त्यसलाई थप परिमार्जित गरि जनता सम्म प्रहरी पुग्नुपर्ने बताएका थिए।कार्यक्रममा सहभागीहरुले सर्वसाधारण नागरिक तथा समुदायसँग प्रत्यक्ष सम्बन्ध राख्ने नेपाल प्रहरीका कतिपय जिम्मेवार पदाधिकारीहरू बोली, व्यवहार र आचरणका कारण बारम्बार विवादमा आउने गरेका घटना समेत स्मरण गर्दै त्यसलाई सुधार गर्नको लागि अनुरोध गरेका थिए ।

कार्यक्रममा बोल्दै रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले“समुदाय–प्रहरी साझेदारी कार्यक्रमको लक्ष्य समाजमा लुकेर बसेका अपराध बाहिर ल्याउन तथा अपराध हुन नदिन नागरिक र प्रहरीबीचको सम्बन्ध सुमधुर र विश्वसनीय बनाउनु नै भएको बताए।   अहिले को समयमा समुदाय प्रहरी साझेदारी कार्यक्रम  आइसके पछि प्रहरीहरु समुदाय संग अत्यन्त नजिक रहेको हाल बुढानिलकण्ठका प्रहरी समाजका प्रत्येक ब्यक्तिहरु संग साथमा साथ हात मा हात लिएर काम गरिरहेको स्थानीय जनप्रतिनिधिहरुले भनाइ बाट आफु प्रभावित भएको भन्दै त्यसलाई अझ बढवा दिने पनि बताए।उनले प्रहरी मा सुधार को कार्यक्रम अगाडी बढाइएको र त्यसको सुरुवात मेस सुधारको अभियान अघि बढाइएको बताए।

उनले वर्षौ देखि चली आएको प्रहरी प्रहरी विचको मनोवैज्ञानीक दुरी अन्त्यको परिष्कृत रुपमा प्रहरी अधिकृत एवं जवान संयुक्त मेसको  सुभारम्भ गरिएको पनि बताए।  सो कदमले पदीय जिम्मरवारी बाहेकको भाईचारा विकास गर्दै परिणाम मुखि कार्य सम्पादनमा गहन भुमिका निर्वाह गर्न मद्दत पुग्ने समेत उनले बिश्वास ब्यक्त गरे  । यस अघि प्रहरी कर्मचारीहरूको लागी सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत र जवान हवल्दार गरि ३ तहको मेश संचालन हुदै आएको थियो ।

यसरी संचालनमा आएको मेश प्रणालीबाट तल्लो दर्जाको मेशमा अपेक्षित सुधार हुन नसकेको तथा यसबाट प्रहरी जवान-हवल्दारहरुको मनोबलमा नकाराल्मक असर परेको तथ्यलाई आत्मसाथ गरी सम्पूर्ण मातहत कार्यालयहरुमा अधिकृत जवानहरुको साझा तथा स्तरीय मेश निर्माण र सुधार अभियान शुभारम्भ गरिएको बताउदै मातहत कार्यालयहरुले यस अभियान सफल बनाउन देखाएको तदारुकता र बिकसित सकारात्मक सोच प्रशंसनिय रहेको समेत बताए ।कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका प्रमुख उद्दब खरेल र महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठका कार्यालय प्रमुख प्रहरी निरीक्षक भुपेन्द्र गिरीलाई मायाको चिनो प्रदान गरिएको थियो ।उनले महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठमा समेत प्रहरी अधिकृत एवं जवान संयुक्त मेशको निरिक्षण गर्दै संयुक्त रुपमा खाना खाएर  शुभारम्भ गरेका  थिए ।

महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बिभिद कार्यक्रम गर्दै आएको र समुदाय प्रहरी साझेदारी कार्यक्रमले सुरक्षामा चासो राख्ने आम नागरिकहरूलाई एकै थलोमा उभ्याउन सफल भएको महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठका कार्यलय प्रमुख प्रहरी निरीक्षक भुपेन्द्र गिरीले कपन अनलाइन लाइ  बताए  ।उनले समाज परिवर्तन लागि अहोरात्र खटीने प्रहरी भएकाले समाजमा हुने अपराधिक क्रियाकलापको बारेमा प्रहरीलाई सुचना दिन समेत अनुरोध गरेका छन्  ।

तपाइँको प्रतिक्रिया ।