बालबालिकाहरुमा पश्चिमा संस्कृतिको मोह बढ्नाले मौलिक संस्कृति हराउदै गयो :सन्तोष चालिसे (गोकर्णेश्वर नगर प्रमुख)
कपन अनलाइन
काठमाडौं फागुन १९।गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले पछिल्लो समय बालबालिकाहरुमा पश्चिमा संस्कृतिको मोह बढेकाले मौलिक संस्कृतिहरु हराएकोमा चिन्ता व्यक्त गरेका छन । गोकर्णेश्वर नगरपालिका वडा नं ४ माकलबारी स्थित गोकर्णेश्वर लाइट एकेडेमीले १२औं अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रममा उनले चिन्ता ब्यक्त गरेका हुन् ।बिद्यालयले बिद्यार्थीलाइ संस्कारको कुरा पनि सिकाउनु पर्नेमा जोड दिदै बिद्यार्थीको मनोभावना बुझेर घोकन्ते बिद्या भन्दा व्यवहारिक शिक्षा दिनु पर्ने मा जोड दिएका थिए ।
उनले बिध्यालयमा छोरा छोरि पठाएर मात्र अभिभावकको जिम्मेवारी पुरा भएको ठान्ने सोचको अन्त्य गर्नुपर्नेमा जोड दिदै अहिलेका बिद्यार्थीलाइ प्रबिधि र नेपाली संस्कृति दुवैलाइ जोडेर शिक्षा दिनु पर्ने बताए ।विद्यार्थीहरुमा एउटा तह पुरा गरेपछि देशमा भन्दापनि विदेश जाने लहड चलेको भन्दै विद्यालयहरुले विद्यार्थीहरुलाइ मौलिक संस्कृति तर्फ केन्द्रित गराउँदै देशप्रती जिम्मेवारीबोध गराउन अनुरोध गरेका थिए ।
उनले गोकर्णेश्वर नगरपालिकाको बारेमा जानकारी गराउने उदेश्य सहित स्थानीय पाठ्यक्रम निर्माण गरि लागु गरेको बताए। उनले गोकर्णेश्वर नगरपालिका ऐतिहासिक, पर्यटकीय, सांस्कृतिक, धार्मिक, सामाजिक र विविध विषयहरू सहित स्थानीय आवश्यकताका विषयवस्तु यहीँका नागरिकको अपनत्व हुनेगरी स्थानीय ज्ञान, सिप र प्रविधिलाई समेटेर गोकर्णेश्वर नगरपालिकाको चिनारी गराउने उद्देश्यले अलग्गै स्थानीय पाठ्यक्रम तयार पारि लागु गरिएको पनि बताए ।