दीक्षालय स्कुलमा बुनपा बाल कला तथा साहित्य महोत्सव २०७६ हुने

कपन अनलाइन

काठमाडौं ,फागुन १४।बुढानिलकण्ठ नगरपालिका – ११ प्रगतिचोक स्थित दीक्षालय स्कुलमा बुनपा बाल कला तथा साहित्य महोत्सव २०७६ हुने भएको छ।

बुढानिलकण्ठ नगरपालिकाको उत्सव, कला तथा साहित्य महोत्सब भन्ने नाराका साथमा उक्त महोत्सब  फागुन २४ गते शनिबार बिहना ९: ३० बजे बिद्यालय परिसरमा हुने भएको हो।

बुढानिलकण्ठ नगरपालिका तथा दीक्षालय नेपालको आयोजना  कथालयको प्राबिधिक सहयोगमा हुन् गइरहेको उक्त महोत्सवमा कथा, कविता बाचन तथा लेखन, नाटक प्रदर्शन, आर्ट एण्ड क्राफ्ट तथा पुस्तक प्रदर्शनी, भाषिक सिप सम्बन्धी खेलहरु लगायतका कार्यशाला गोष्ठीहरु हुने  आयोजकले जनाएको छ।यसका साथै पपेट सो, फेस पेन्टिङ, फुडस्टल र सांस्कृतिक कार्यक्रम हुने जनाएको छ।

उक्त महोत्सबमा बुढानिलकण्ठ नगरपालिकाका मेयर, नगर शिक्षाशाखाका बिषयबिज्ञ संग स्थानीय पाठ्यक्रममा बारेमा छलफल तथा अन्तरक्रिया गरिने ,शैक्षिक उपलव्धि हाँसिल गर्न सामजिक संजालको अधिकतम उपयोग गर्ने र सामाजिक संजाल र शिक्षक गतिविधिका बीच अन्तरसम्बन्ध कायम गर्ने  बिषयमा पनि छलफल गरिने आयोजकले बताएको छ।

कवी, लेखक तथा कलाकारहरुको उपस्थिति रहने उक्त कार्यक्रममा सबै आगन्तुकहरुलाई प्रबेश निशुल्क गरिएको छ।

 

तपाइँको प्रतिक्रिया ।