चलचित्र अटिजमको पहिलो गीत हावा चल्यो सिरिसिरि सार्वजनिक

कपन अनलाइन

काठमाडौं ,फागुन १४। नेपाली चलचित्र जगत्मा बनिरहेको भन्दा फरक विषयवस्तुमा बनेको सन्देशमुलक चलचित्र अटिजम को पहिलो गीत सार्वजनिक भएको छ ।

केशव रेग्मी सान्दाइद्धारा निर्देशित चलचित्र अटिजमको सिरी सिरी हावा चल्यो बोलको रोमान्टिक गीत खुल्ला सञ्चारको युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

रिच भिजनको तर्फबाट साहित्यिक पत्रकार निबन्ध आचार्यको प्रस्तुतीमा बनेको उक्त चलचित्रको गीतको भिडियोमा प्रतिक शर्मा र सृष्टी आचार्य लगायतले अभिनय गरेका छन् । संगीतकार केशव रेग्मी (सान्दाइ) को संगीत रहेको गीतमा सोफी मल्लको शब्दमा गायिका नलिना चित्रकारले आवाज दिएकी छिन् ।

अटिजम लागेका बालक सम्मान आचार्यको जन्म दिन पारेर गीतको भिडियो खुल्ला सञ्चारमा एक कार्यक्रम गरेर पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको थियो । केशव रेग्मी (सान्दाइ) सम्पादक रहेको चलचित्रको छायांकन तिलक गौतमले गरेका हुन् ।

अटिजमग्रस्त सम्मान आचार्यको विषयवस्तुमा तयार भएको चलचित्र अटिजम सम्मानकै मुख्य भुमिकामा कथावस्तु रहेको छ । चाँडै प्रदर्शनमा आउन लागेको चलचित्र अटिजममा प्रतिक र सृष्टी अलवा सुशिल पोख्रेल, सुस्मा कार्की, बिक्रम श्रेष्ठ सागर, करुना पोख्रेल, डा. राम प्रसाद ज्ञावली, श्रद्धा कोईराला, गंगा पौडेल, पुण्यराज पुडासैनी, सौरब ढकाल, शंकर भारती, बिष्णु बहादुर सिंह, बिजय कट्टेल, अशिम कार्की, मृदुल कोईराला, रबी खड्का लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

 

तपाइँको प्रतिक्रिया ।