पाँचौ कागेश्वरी पर्यटन महोत्सब २०७६को पुर्व सन्ध्यामा आयोजित साहित्य सम्मेलन सम्पन्न

पाँचौ कागेश्वरी पर्यटन महोत्सब  २०७६को पुर्व सन्ध्यामा आयोजित साहित्य सम्मेलन सम्पन्न

कपन अनलाइन

काठमाडौँ फागुन ७ ।पाँचौ कागेश्वरी  पर्यटन महोत्सब २०७६ को पूर्व सन्ध्यामा साहित्य सम्मेलन सम्पन्न भएको छ ।बागमती प्रदेश सरकार कागेश्वरी मनोहरा नगरपालिका र पाँचौ कागेश्वरी मनोहरा पर्यटन महोत्सब व्यवस्थापन समितिको आयोजनामा मंगलबार साहित्य सम्मेलन सम्पन्न भएको हो।  कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ गागल फेदी स्थित महोत्सब स्थल  कागेश्वरी धाममा भएको सो कार्यक्रमको प्रमुख अतिथिको रुपमा साहित्यकार कणाद महर्षि रहेका थिए भने बिशेष अतिथिको रुपमा साहित्यकार बाजुराम पौडेल ,साहित्यकार मानन्धर अभागी, कार्यक्रम संयोजक माधबलाल श्रेष्ठ, साहित्यकार बेदमणि घिमिरे,  नेकपा जिल्ला कमिटि सचिवालय सदस्य विश्वराज श्रेष्ठ,कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ का वडासदस्यहरु, कागेश्वरी मनोहरा पर्यटन महोत्सब व्यवस्थापन समितिका पदाधिकारीहरु , सिद्दी गणेश नमुना बिध्यालयका बिद्यार्थीहरु, शिक्षक,साहित्यकारहरुको उपस्थिति रहेको थियो।

कार्यक्रमको अध्यक्षता कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ का वडा अध्यक्ष मकुन्द प्रसाद गजुरेलले गरेका थिए भने कार्यक्रम संचालन सिद्दी गणेश नमुना बिद्यालय शिक्षक प्रकाश थापाले गरेका थिए ।कार्यक्रममा नेकपा नगर कमिटि सदस्य पुष्कर प्याकुरेलले स्वागत मन्तब्य राख्दै कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए ।भ्रमण वर्ष २०२०को अवसर पारेर आयोजना गर्न लागेको सो पर्यटन महोत्सबमा साहित्यकार हरुलाई पनि स्थान दिएकोमा उपस्थित साहित्यकारहरुले आयोजकहरुलाई खुसि ब्यक्त गर्दै धन्यबाद दिएका थिए।

सो साहित्य सम्मेलन मार्फत स्थलगत  कविता लेखन तथा बाचन प्रतियोगिता भएको थियो जसमा बिध्यालय स्थारिया र खुल्ला गरि दुइ भागमा विभाजन गरिएको सो प्रतियोगीताको निर्णायकको भूमिकामा साहित्यकार द्वय बेदमणि घिमिरे र सिता भट्टराईले निभाएका थिए।  कार्यक्रममा अप्रतियोगी साहित्यकारहरुले समेत कविता बाचन गरेका थिए ।

बिध्यालय स्तरीय कबिता बाचन प्रतियोगितामा कक्षा ३  देखि कक्षा ९ सम्म  अध्ययन गर्ने बिद्यार्थीहरु सहभागी भएका थिए भने दुइजना कक्षा ११ र १२ मा अध्ययन गर्ने बिद्यार्थीहरुले पनि कबिता बाचन गरेका थिए। कागेश्वरी शिर्षक दिइएको सो कबिता प्रतियोगिताको बिद्यालय स्तरीय कविता बाचन प्रतियोगितामा  सान्त्वना पुरस्कार  आदित्य अर्याल र राघब केसीले प्राप्त गरे। त्यसै गरि तृतीय स्थान गौरी थिङले हासिल गरिन भने  दितीय जेनिशा थापा भएकी थिइन् प्रतियोगितामा अस्मिता खनाल प्रथम  हुन सफल भएकी थिइन्।

त्यसैगरी खुल्ला कविता लेखन तथा बचन प्रतियोगितामा बिन्दा खतिवडा (प्रकृति)  र घमा भट्टराईले सान्त्वना पुरस्कारको लागि छनौट भएकी छिन् ।त्यसैगरी शान्ती रिसाल तृतीय भइन भने निशन अधिकारी दितीय र भुवन शिवाकोटी (चौघरे)ले प्रथम स्थान हासिल गरेका थिए। बिजयी साहित्यकार हरुलाई फागुन ७ गते हुने पाँचौ कागेश्वरी पर्यटन महोत्सबमा हुने बिशेष समारोहमा प्रमुख अतिथिको हात बाट पुरस्कृत गरिने पनि आयोजकले जानकारी गराएको छ ।

अध्यक्षताको आसन बाट बोल्दै कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ का वडा अध्यक्ष मकुन्द प्रसाद गजुरेलले पाँचौ कागेश्वरी महोत्सबमा सहभागी हुनको लागि अनुरोध गर्दै उपस्थित सबैलाई धन्यबाद दिएका थिए ।

तपाइँको प्रतिक्रिया ।