गोकर्णेश्वर नगरपालिका वडा नं ८ मा नि:शुल्क आधारभूत कुक तालिम शुभारम्भ

गोकर्णेश्वर नगरपालिका वडा नं ८ मा नि:शुल्क आधारभूत कुक तालिम शुभारम्भ

कपन अनलाइन

काठमाडौँ, फागुन ६। गोकर्णेश्वर नगरपालिका वडा नं ८ मा नि:शुल्क आधारभूत कुक तालिमको शुभारम्भ भएको छ।  नेपाल सरकार ,श्रम , रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठान,भैसेपाटी ललितपुरको आर्थिक सहयोग,गोकर्णेश्वर नगरपालिका वडा नं ८ को समन्वय तथा एसोसिएटस नेपाल सिनर्जी प्रा.लि द्वारा संचालित नि:शुल्क सिप विकास तालिमको आइतबार एक कार्यक्रमका बीच गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता एबम वडा नं ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगानाले उद्घाटन गरेका हुन् । गोकर्णेश्वर नगरपालिका वडा नं ८ बेशीगाउ स्थित नेपालय स्कुलको हलमा संचालन गरिएको  सो  तालिमको अवधि  १६० घण्टा रहेको छ, जसमा  करिब ४० जना प्रशिक्षार्थीहरु सहभागी  रहेका छन ।

आइतबार एक कार्यक्रमको आयोजना गरि सो तालिमको उद्घाटन गरिएको हो  नीता कटुवालको अध्यक्षतामा भएको सो  तालिम उद्घाटन कार्यक्रमका  प्रमुख अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता एबम वडा नं ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगाना रहेका थिए। त्यसै गरि  बिशेष अतिथिको रुपमा तालिम संयोजक एबम एसोसिएटस नेपाल सिनर्जीका जीवन कटुवाल, प्रशिक्षक सुनिल तिवारी लगायत प्रशिक्षार्थीहरुको उपस्थिति रहेको थियो। राष्ट्रिय गान संगै सुरु भएको सो कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता एबम वडा नं ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगानाले पानसमा दिप प्रज्वलन सहित गरेका थिए।

कार्यक्रममा  तालिम संयोजक एबम एसोसिएटस नेपाल सिनर्जीका जीवन कटुवालले कार्यक्रमको  उदेश्य माथि प्रकाश पार्दै स्वागत मन्तब्य राखेका थिए ।उनले एसोसिएटस नेपाल सिनर्जीले गर्दै आएको कार्यहरुको बारेमा जानकारी गराउदै सो तालिम प्रदान गर्नको लागि बिशेष भूमिका खेल्ने गोकर्णेश्वर नगरपालिका वडा नं ८ लाइ धन्यबाद समेत दिएका थिए ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा  बोल्दै गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता एबम वडा नं ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगानाले   युवालाई स्वरोजगार तर्फ उन्मुख गराउनका लागि सो  तालिमको लागि समन्वय गरेको जानकारी गराए । उनले तालिमबाट सिकेका विषयलाई व्यवहारिक कार्यान्वयन गर्दै रोजगारतर्फ उन्मुख हुन जोड दिदै  सीपले मानिसलाई आत्म निर्भर बनाउने समेत बताए । सीपले मानिसलाई अगाडि बढाउन सहयोग मिल्ने उनको भनाइ रहेको थियो  ।  कुनै पनि सिप विना जीवन निर्बाहमा अप्ठेरो पर्ने भन्दै उनले सिकेको सिपलाई व्यवहारमा लागु गर्न सके जीवन परिबर्तन गर्न कुनै समस्या नहुने बताए ।

सिप सिकेर बिदेशै जानु पर्छ भन्ने नरहेको भन्दै ढुंगानाले आफ्नै गाउँठाउँमा सिपलाई लगाउन युवाहरुलाई आग्रह गरेका थिए । वडामा  केही गर्छु भन्नेलाई वडा तथा नगरले सहयोग गर्न तत्पर रहेको जानकारी गराए । उनले युवामा उद्यमशीलता सम्बन्धी ज्ञान आवश्यक रहेको भन्दै युवा जागिरका लागि नभई मालिक बन्न अग्रसर हुनुपर्नेमा जोड दिएका थिए ।उनले एउटै व्यक्तिले धेरै तालिम लिने तर काम नगर्ने परम्परा रहेको भन्दै त्यसलाई अन्त्य गर्नुपर्नेमा पनि जोड दिएका थिए । उनले प्रशिक्षार्थीहरुलाई तालिम अवधिभर प्रशिक्षकले सिकाएका बिषयलाइ मनन गरि ब्यावहारमा उतार्न सक्ने गरि दक्ष हुन् पनि अनुरोध गर्दै कार्यक्रम सफलताको शुभकामना ब्यक्त गरेका थिए ।अध्यक्षताको आसन बाट बोल्दै नीता कटुवालले उपस्थित सबैलाई धन्यवाद दिएका थिए ।

तपाइँको प्रतिक्रिया ।