काठमाडौं जिल्लामा भ्रमण बर्ष २०२० को प्रवर्द्धन तथा प्रचार प्रसारका लागि बृहत अन्तरक्रिया एवम् छलफल कार्यक्रम सम्पन्न

काठमाडौं जिल्लामा भ्रमण बर्ष २०२० को प्रवर्द्धन  तथा प्रचार प्रसारका लागि बृहत अन्तरक्रिया एवम् छलफल कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौं, माघ २६ । काठमाडौं जिल्लामा भ्रमण बर्ष २०२० को प्रवर्द्धन तथा प्रचार प्रसारका लागि बृहत अन्तरक्रिया एवम् छलफल कार्यक्रम सम्पन्न भएको छ ।

कागेश्वरी मनोहरा नगरपालिकासंगको सहकार्यमा जिल्ला समन्वय समिति काठमाडौंले आयोजना गरेको सो कार्यक्रमको प्रतिनिधिसभा सदस्य कृष्ण राईले उद्घाटन गरेका  थिए  ।

सो  कार्यक्रमलाई संबोधन गर्दै प्रतिनिधिसभा सदस्य कृष्ण राईले काठमाडौं जिल्लामा पर्यटन प्रवद्र्धन गरी भ्रमण बर्षलाई सफल पार्न काठमाडौंका सबै स्थानीय तहहरुले अझ बढि क्रियाशिल भएर कार्य गर्नुपर्ने बताउदै यसका लागि जिससले सबै स्थानीय तहहरुबीच समन्वय गर्नुपर्ने बताएका थिए  ।

कार्यक्रममा जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख शिवसुन्दर राजवैद्य, उपप्रमुख सरिता दाहाल र जिल्ला समन्वय अधिकारी पीताम्बर अधिकारीले जिल्ला समन्वय समितिले काठमाडौं जिल्लाका सबै स्थानीय तहहरुमा पर्यटन सम्बन्धी प्रवद्र्धनात्मक कार्य गर्नका लागि समन्वय गरिरहेको बताउदै सबै स्थानीय तहहरुलाई भ्रमण बर्षलाई सफल बनाउने गरी सक्रिय भएर कार्य गर्न आग्रह गरेका थिए  ।

कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापा, टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहरा, शंखरापुर नगरपालिकाका प्रमुख सुबर्ण श्रेष्ठ, कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जन, दक्षिणकाली नगरपालिकाका उपप्रमुख बसन्ती तामाङ, कागेश्वरी मनोहरा नगरपालिकाका प्रवक्ता राजाराम पुडासैंनी र ईन्जिनियर सन्देश ढकालले पर्यटन प्रवद्र्धन, स्थानीय कला संस्कृतिको संरक्षण र भ्रमण बर्षलाई सफल सफल पार्ने गरी नगरपालिकाहरुले कार्य गरिरहेको बताएका थिए ।

कार्यक्रममा नेपाल भ्रमण बर्ष २०२० का संयोजक सुरज बैद्यले भ्रमण बर्षलाई सफल पार्न केन्द्रीय सरकारले गरिरहेका कार्यहरुको बारेमा जानकारी दिनुहुदै भ्रमण बर्षलाई सफल पार्न स्थानीय सरकारको महत्वपूर्ण भूमिका हुने भएकोले पर्यटन बर्षलाई सफल पार्न अझ बढि क्रियाशिल भएर लाग्न काठमाडौंका स्थानीय सरकारका जनप्रतिनिधिहरुलाई आग्रह गरेका थिए  ।
कार्यक्रममा जनप्रतिनिधिहरुले भ्रमण बर्षलाई सफल पार्न सबै लाग्नुपर्ने बताउदै नेपालमा पर्यटन पूर्वाधारको कमी भएकोले पर्यटन पूर्वाधारको विकास गरिनुपर्नेमा जोड दिएका थिए  ।

तपाइँको प्रतिक्रिया ।