राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा पुननिर्माण भइरहेको सम्पदा क्षेत्र अवोलोकन

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा पुननिर्माण भइरहेको सम्पदा क्षेत्र अवोलोकन

कपन अनलाइन

काठमाडौं माघ २६ । काठमाडौंमा पुननिर्माण भइरहेको मुख्य सम्पदा क्षेत्रमा  राष्ट्रपति विद्यादेवी भण्डारीले अवलोकन भ्रमण गरेकी छिन् । शनिबार  बिहान काठमाडौं महानगरपालिका, पुननिर्माण प्राधिकरणसँगै यस कामसँग सम्बन्ध कार्यालयका प्रमुखसहित राष्ट्रपतिले रानीपोखरी, सुन्धरास्थित धरहरा क्षेत्र, बसन्तपुर क्षेत्रस्थित काष्ठमण्डप र नौतले दरबारको अवलोकन गरेकी  हुन्  । यी सम्पदाहरु पुननिर्माणका क्रममा छन् । यी सम्पदासँगै राष्ट्रपति भण्डारीले पुनर्निर्माण सम्पन्न भएको दरबार हाइ स्कुलको पनि अवलोकन गरेकी छिन्  ।

२०७२ बैशाखको भूकम्पबाट क्षतिग्रस्त भएका यी सम्पदाहरुको पुनर्निर्माण अवस्था अवलोकन र प्रगतिको प्रत्यक्ष जानकारी लिएपछि राष्ट्रपति भण्डारीले पुनर्निर्माणको पछिल्लो अवस्थाबाट आफू उत्साहित भएको बताइन्  ।

सम्पदा क्षेत्रको अवलोकनका क्रममा महानगरका प्रमुख बिद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी शुशिल ज्ञवाली, काष्ठमण्डप पुननिर्माण समितिका संयोजक एवं प्रदेश सभा सदस्य राजेश शाक्यले पुननिर्माणको प्रगतिका बारेमा जानकारी गराएका  थिए ।

फोटो सौजन्य :काठमाडौँ अनलाइन

तपाइँको प्रतिक्रिया ।