गोकर्णेश्वर नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारी द्वारा मध्यपुर थिमीमा संचालित जापानी प्रबिधिबाट फोहोरमैला व्यवस्थापन स्थलको अवलोकन
कपन अनलाइन
काठमाडौं,माघ २०।गोकर्णेश्वर नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुले मध्यपुर थिमी नगरपालिकाको ब्यव्स्स्थापनमा संचालित जापानी प्रबिधि बाट कम्पोष्ट मल बनाउने स्थलको अवलोकन भ्रमण सम्पन्न गरेका छन्। माघ १६ गते हिटा हेवी मेसिनरी एण्ड रिसाइकका ओनर रिन्जिन स्याङ्बो र संजय लामाको समन्वयमा उक्त स्थलको अवलोकन भ्रमण सम्पन्न भएको हो।
गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्नि प्रसाद अधिकारी सहितको टोलीले मध्यपुर थिमी नगरपालिका को व्यवस्थापनमा संचालित सो केन्द्रको स्थलगत अनुगमन गर्नुको साथै सो प्रविधि बाट निर्मित कम्पोष्ट मल को बारेमा जानकारी हासिल गरेका थिए ।उनीहरुले माटोलाई अर्ग्यानिक बनाउने र भान्सा बाट निस्कने फोहोर बाट कम्पोष्ट मल बनाउने तरिका र मलको प्रयोग बाट हुने फाइदाको बारेमा जानकारी लिएका थिए ।अनुशरण योग्य जापानी प्रबिधि को अवलोकन पश्चात सोहि प्रबिधि मार्फत गोकर्णेश्वर नगरपालिकाको फोह्रोरलाइ पनि व्यवस्थापन गर्न सकिने जनप्रतिनिधिले कपन अनलाइनलाइ बताए।उनिहारुले गोकर्णेश्वर नगरपालिकामा पनि सोहि प्रबिधि बाट फोहोर व्यवस्थापन गर्नको लागि पहल गर्ने पनि बताए ।
मध्यपुर थिमी नगरपालिकाले नेपालमै पहिलो पटक जापानीज प्रविधि अपनाएर फोहोर व्यवस्थापनकालागि पहल गरेको थियो । फोहोरलाई श्रोतमै कुहिने र नकुहिने गरेर दुई भागमा वर्गीकरण गराउने र कुहिने प्रकृतिका फोहोरबाट जापानीज प्रविधि अपनाई कम्पोष्ट मल उत्पादन गर्ने लक्ष्यसहित नगरपालिका आफैँले फोहोर व्यवस्थापनको पहल गरेको थियो ।
मध्यपुर थिमी नगरपालिकाले फोहोर व्यवस्थापनकालागि रिकिशी कम्पोष्ट प्रालिसँग सहकार्य गरेको छ। रिकिशीले जापानी वैज्ञानिकले पत्ता लगाएको सीएनबीएम प्रविधिबाट फोहोर व्यवस्थापन गर्ने गरेको छ । मध्यपुर थिमी नगरपालिकाले ४ नं. वडाबाट फोहोर व्यवस्थापन थालेको हो। जसमा फोहोर उठाउनका लागि नगरपालिकाले ३ वटा गाडी खटाएको छ । संकलित फोहोर जम्मा गर्ने र प्रशोधन गरी मल बनाउनकालागि विष्णु कुण्ड नजिकै नगरपालिकाले दुई वटा ट्रष्ट निर्माण गरेको छ । फोहोर उठाउन र प्रशोधन लगायत काममा रिकिशी कम्पोष्ट प्रालिले कर्मचारी परिचालन गरेको छ । प्रविधि, सीप र प्रयोग कम्पनीको हो,नगरपालिकाले पूर्वाधार र सहजीकरण मात्रै गरिरहेको छ।
नगरपालिकाले फोहोर व्यवस्थापनका लागि वर्षेनि खर्च गर्नुपर्ने रकमको केही हिस्सामात्रै खर्च गरे सहजै फोहोर व्यवस्थापन हुने भएपछि यस्तो प्रविधि थालेको हो। जस बाट स्थानीयले रोजगारी समेत प्राप्त गरेका छन् ।सो प्रबिधि बाट कम्पोष्ट मल तयार गर्दा दुर्गन्ध नआउने हुदा सो केन्द्र स्थलमा केहि समय अघि नगरपालिकाले फुड फेस्टिवल समेत आयोजना गरेको थियो ।मध्यपुर नगरपालिकाले नयाँ ढंगले फोहोर व्यवस्थापन गर्न थाले संगै अन्य धेरै नगरपालिकाका जनप्रतिनिधिहरु यो प्रवधिको अध्ययन गर्न आउँन थालेका छन् ।