गोकर्णेश्वर नगरपालिकामा यातायात संचालन बिधि समबन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

गोकर्णेश्वर नगरपालिकामा यातायात संचालन बिधि समबन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौँ,माघ २०। गोकर्णेश्वर नगरपालिकामा यातायात संचालन बिधि सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। गोकर्णेश्वर नगरपालिकाले लिएको नीति प्रत्येक घर दैलोमा यातायात संचालन हाम्रो गतिबिधि भन्ने मूल नारा सहित  नगरपालिका अन्तरगतको यातायात समिति संयोजक दुर्गा ढुंगेलको संयोजकत्वमा भएको सो कार्यक्रमका प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे रहेका थिए भने बिशेष अतिथिको रुपमा नगरपालिका उप प्रमुख शान्ती नेपाल, प्रमुख प्रशासकीय अधिकृत अग्नि प्रसाद अधिकारी, गोकर्णेश्वर नगरपालिका का प्रवक्ता एबम वडा नं ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगाना,  गोकर्णेश्वर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारी, वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी, वडा नं ६ का वडा अध्यक्ष रमेश अर्याल, वडा नं ९ का वडा अध्यक्ष राजिब थापा ,महानगरीय प्रहरी वृत्त बौद्धका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक नबिन कुमार अधिकारी, वडा सदस्य  समाज सेबी शम्भु प्रसाद अधिकारी , नगरपालिका यातायात समितिका उपाध्यक्ष शेखर सुवेदी,सचिब   सज्जन पौडेल  कोषाध्यक्ष महेन्द्र केसी,सदस्य सुरेन्द्र पुडासैनी  राकेश चक्रधर लगायत यातायात व्यवसायीहरुको उपस्थिति रहेको थियो।

कार्यक्रम संचालन सानु लामाले गरेकी थिइन् ।गोकर्णेश्वर नगरपालिकाले मिति २०७६ साल पौष ९ गतेको पत्र अनुसार गोकर्णेश्वर नगरपालिकामा अन्तर्गत को यातायात समिति संयोजकमा दुर्गा ढुंगेल लाइ मनोनित गरे पश्चात आइतबार प्रथम पटक यातायात संचालन बिधि सम्बन्धिअन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो।उक्त कार्यक्रममा नगरपालिका अन्तरगतको यातायात समिति संयोजक दुर्गा ढुंगेलले स्वागत मनतब्य राख्दै कार्यक्रमको उदेश्य माथि प्रकाश पारेकी थिइन्। उनले नगरपालिकाले बनाउन लागेको यातायात संचालन बिधिलाइ सहयोग पुर्याउन को लागि सुझाबको समेत अपेक्षा गरेकी थिइन्।

 कार्यक्रममा गोकर्णेश्वर नगरपालिका भित्र रहेको रुट एबम सडककोअवस्थाको बारेमा,नेपाल सरकारले उपत्यका भित्र संचालन मा रहेका सवारी साधन को २० बर्षे नीति बनाए अनुसार हाल गोकर्णेश्वर नगरपालिका भित्र संचालित सवारी साधन को संचालन अवधि के कति छ? २० बर्षे  सवारी साधन को विस्थापन  समबन्धमा पनि सुझाब दिन अनुरोध गरिएको थियो भने सार्वजनिक सवारी साधन को संचालन गर्दा देखा पर्ने चालक सहचालक यात्रु पैदलयात्री,र सवारी साधन को सुरक्षामा प्रशासनले के गर्नु पर्ला?

सार्वजनिक सवारी साधन संचालन गर्दा  हाल देखा परेका समसामयिक समस्या र समाधान कसरि गर्न सकिन्छ त्यसमा पनि सुझाब दिन अनुरोध गरिएको थियो भने सार्वजनिक यातायात बाट सो क्षेत्रमा उपभोक्ताले पाएको सुबिधा असुविधाको बारेमा समेत छलफल गरि सुझाब दिन अनुरोध गरिएको थियो। त्यसै गरि रात्रि सेवामा संचालित उद्योग  कल कारखाना व्यवसाय र यातायात का सवारी साधनलाइ प्रोत्साहित गर्न रात्रीकालिन  यातायात संचालनलाइ निरन्तरता दिन के गर्नु पर्ला जस्ता बिषयमा अन्तरक्रिया गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले गोकर्णेश्वर नगरपालिकाले यातायात क्षेत्रलाइ व्यवस्थित गर्नको लागि नगरले यातायात संचालन बिधि तयार गर्न लागेको जानकारी गराएका थिए। उनले सबै भन्दा ठुलो समस्या सडकको रहेको भन्दै त्यस समस्यालाई समाधान गर्नको लागि हाल सडक मर्मत र बिस्तारको कार्य अघि बढेको जानकारी दिएका थिए उनले तत्कालको लागि खाल्डा खुल्डी पुर्नको लागि पनि नगरले कार्य अघि बढाएको जानकारी गराएका थिए।

उनले फुटपाथमा पसल राखिदिंदा र साघुरो सडकमा पनि सवारी साधन पार्क गरिदिंदा सडकमा ट्रफिक जामको समस्या रहेको बताए। उनले जनता पनि त्यसमा सचेत हुन जरुरि रहेको बताए। उनले गोकर्णेश्वर नगरपालिकामा निश्चित पार्किंग क्षेत्र तोकिने पनि जानकारी गराए। उनले नगरपालिकाले बनाउन लागेको यातयात संचालन बिधिलाइ सुझाब दिएर सहयोग गर्न अनुरोध गरेका थिए।

कार्यक्रममा वडा सदस्य नन्दलाल श्रेष्ठ सहित यातायात व्यवसायीले ट्राफिक प्रहरीहरुले दिने गरेका दुख तथा सरकारले ल्याएको २० बर्षे पुराना गाडी विस्थापन हुने बिषय , सडक समस्या फुटपाथ लगायतका समस्याको बारेमा अवगत गराएका थिए। उनीहरुले राजधानी बाट विस्थापित भएको ट्याम्पु पुन प्रयोग भएको सम्बन्धमा पनि ध्यानाकर्षण गराएका थिए । कार्यक्रममा सडक सुरक्षा सम्बन्धि जनचेतनामूलक कार्यक्रम अघि बढाउनु पर्ने आवश्यकता रहेको बताएका थिए । कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं ५ ,६,८ र ९ का वडा अध्यक्षहरुका साथै समाज सेवी सम्भु प्रसाद अधिकारी, श्री कृष्ण ज्योति लगायतले  शुभकामना मन्तब्य राख्दै  समेत आ आफ्नो विचार ब्यक्त गरेका थिए।

कार्यक्रममा शुभकामना मन्तब्य राख्दै महानगरीय प्रहरी वृत्त बौद्धका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक नबिन कुमार अधिकारीले आयोजकलाइ धन्यबाद दिएका थिए ।उनले ट्राफिक प्रहरीलाइ नियमन गराउने अधिकार अनुसार उसले आफ्नो कर्तब्य निर्वाह गरिरहेको बताएका थिए। उनले नियम मिच्ने धेरै सवारी साधनलाइ कारवाही समेत गरेको बताएका थिए।  उनले गोकर्णेश्वर नगरपालिका र स्थानीय संग समन्वय गरेर समस्या समाधान गर्न आफुहरु सदैब तत्पर रहेको बताएका थिए।

उनलेसडक प्रयोगकर्ताले पालना गर्नुपर्ने नियमहरु सरल तरिकाले पालना मात्रै गरिदिए ट्राफिक प्रहरीलाई सहज हुने  पनि बताए। उनले कुनै पनि सवारी चालकलाई कारबाही गरौं भन्ने सोचका साथले ट्राफिक प्रहरी सडकमा खटिएको नहुने बताए । उनले सामान्य जानकारी अभाव र सवारीसाधन चालकको हतारले सडक व्यवस्थापनमा दैनिकजसो समस्या आइरहने बताए । उनले काठमाडौंमा देखिएको ट्राफिकको समस्याको मूल कारण सडकका संरचना र अनुशासनमा कमी हुनु रहेको बताएका थिए । उनले आफु सो क्षेत्रमा भर्खर आएको र ट्राफिक व्यवस्थापन सम्बन्धि कार्यपत्र आफुले बनाएको जुन नगरप्रमुखलाइ बुझाउने पनि बताएका थिए ।कार्यक्रम संयोजक दुर्गा ढुंगेलले उपस्थित सबैलाई धन्यबाद दिदै आगामी दिनमा पुन कार्यक्रमहरु गरिने बताएकी थिइन् ।

तपाइँको प्रतिक्रिया ।