गगनविरुद्ध पासाङको पासो

कपन अनलाइन् मंसिर २० गते
एकीकृत नेकपा माओवादीका पराजित उम्मेदवार नन्दकिशोर पुन पासाङले विजयी कांग्रेस उम्मेदवार गगन थापाविरुद्ध अदालतमा उजुरी हालेका छन् । पासाङले थापाले धाँधली गरेर चुनाव जितेको भन्दै पुनः निर्वाचन हुनुपर्ने माग गर्दै संविधान सभा अदालतमा मुद्दा दर्ता गरेका हुन् ।

gganjiiगत मंसिर ४ गते सम्पन्न चुनावमा काठमाडौं क्षेत्र नम्बर ४ बाट पासाङले ६ हजार ४ सय ६२ मत प्राप्त गरि तेस्रो भएका थिए । सोही ठाउँबाट कांग्रेसका युवा नेता थापाले २२ हजार ३ सय ३६ मत ल्याएर विजयी भएका थिए । यस्तै एमालेका निर्मल कुइँकेलले ९ हजार १ सय ३५ मत ल्याएर दोस्रो भएका थिए । ५६ हजार ८ सय ८७ मतदाता रहेको सो क्षेत्रमा ४३ हजार ५ सय ३१ सदर मत खसेको थियो ।

तपाइँको प्रतिक्रिया ।