कपनमा गगन थापाको आजदेखि ३ दिनसम्म बिजयी घरदैलो

कपन अनलाइनमंसिर २० गते

संबिधानसभाको चुनावमा काठमाडौं क्षेत्र नं. ४ बाट भारी मत अन्तरले बिजयी भएका नेपाली कांग्रेसका केन्द्रिय सदस्य गगन थापा कपनवासीका मतदातालाई धन्यवाद दिन आजदेखि कपनमा घरदैलो गर्दैछन् । ३ दिनसम्म चल्ने घरदैलोअन्तर्गत मंसिर २० र २१ गते बिहान घरदैलो हुने कार्यक्रम रहेको छ भने २२ गते शनिवार दिनभर गगन थापा कपनमा नै रहने जनाइएको छ । क्षेत्र नं. ४ को चपली, महांकाल, वडा नं. ३३, ७, ८, १ मा मतदातालाई धन्यवाद दिइसकेका गगन थापाले कपनमा २२ गते शनिवार विजयी सभा श्रोतले जनाएको छ । आजको घरदैलो कपन गाविसको वडा नं. ७,८,९ र ६ का केही भागमा हुने नेपाली कांग्रेस कपन इकाइका सभापति विनोद चालिसेले बताएका छन् । भोलि मंसिर २१ गते वडा नंं २,४,५,६ मा घरदैलो हुने तथा शनिवार वडा नं. १ र ३ मा घरदैलो गरिने पनि उनले जनाए ।
संबिधानसभाको चुनावमा गगन थापाले काठमाडौं क्षेत्र नं. ४ मा २२,३३६ मत ल्याएर बिजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वि नेकपा एमालेलेका निर्मल कुइँकेलले ९०२८ मत ल्याएका थिए । कपनमा बसोबास गर्ने एमाओवादीका नन्दबहादर पुन भने तेस्रो भएका थिए ।

तपाइँको प्रतिक्रिया ।