पासाङले फेरि घरदैलो गर्ने

कपन अनलाइनमंसिर १५ गते
एमाओवादीका टप फाइभ नेतामध्ये एकमा गनिने नन्दकिशोर पुन पासाङले काठमाडौं क्षेत्र नं. ४ मा फेरि घरदैलो गर्ने भएका छन् । हाई प्रोफाइल नेता भनेर चिनिने पासाङ क्षेत्र नं. ४ मा कमजोर मत प्राप्त गरेर पराजित भएपछि जनतासँग साक्षात्कार गर्न घरदैलो गर्न लागेको कुरा एमाओवादी क्षेत्र नंं ४ का नेता मुरारी भण्डारीले कपन अनलाइनलाई बताएका छन् । चाँडै नै क्षेत्र नं. ४ का चार वटा गाविस तथा ४ वटा नगरका वडाहरुमा गरिने पासाङद्वारा गरिने घरदैलो कार्यक्रम सार्वजनिक गरिने भण्डारीले जनाएका छन् । घरदैलो कार्यक्रमकाको सुरुवात संभवतः कपनबाट गरिने पनि भण्डारीले जानकारी दिए ।

[divider]
गोविन्दकृष्ण अधिकारीको संयोजकत्वमा छानविन समिति
देशभरीको चुनावी नतिजा धाँदली भएको भन्दै आएको एमाओवादीले काठमाडौं क्षेत्र नं  ४ को चुनावी नतिजामा पनि धाँदली भएको जनाउँदै आएको छ । क्षेत्र नं. ४ मा भएको चुनावी हारमा भएको धाँदलीलाई छानविन गर्न गोविन्दकृष्ण अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको मुरारी भण्डारीले कपन अनलाइनलाई बताएका छन् ।

तपाइँको प्रतिक्रिया ।