कांग्रेसका परशुराम पोखरेललाई पार्टीबाट निश्कासन गर्न सिफारिस

कपन अनलाइनमंसिर १५ गते

काठमाडौं क्षेत्र नं ३ मा नेपाली कांग्रेसबाट संबिधानसभामा प्रत्यक्षतर्फका उम्मेदवार रहेका चक्र ठकुरीलाई हराउन भूमिका खेलेको आरोप लागेका महासमिति सदस्य परशुराम पोखरेललाई पार्टीबाट निश्कासन गर्न सिफारिस गरिएको छ । आधिकारिक उम्मेदवारको बारेमा बिरोधमा उत्रिएका पोखरेलले आफूले पनि देखाएर सूर्यलाई भोट हालेको तथा सूर्यमा भोट हाल्न अरुलाई पनि प्रेरित गरेको आरोप लागेको थियो ।
क्षेत्रीय समितिले निर्णय गर्दै उनी बिरुद्ध कारबाहीको सिफारिस गरिएको आज प्रकाशित एक विज्ञप्तिमा उल्लेख गरिएको छ । त्यसैगरी लामो समयदेखि विपि संग्रहालयका अध्यक्षसमेत रहेका पोखरेललाई सो संग्रहलायबाट निश्कासनको सिफारिस गरिएको छ । संग्रहालयका उपाध्यक्षसहित सबै सदस्यहरुबाट राजिनामासमेत दिइएको छ । नेपाली कांग्रेसका उम्मेदवार चक्र ठकुरी एमालेका रामेश्वर फुयाँलसँग करिब ८०० मतले पराजित भएका थिए ।

तपाइँको प्रतिक्रिया ।