समानुपातिकको मतगणना सकियो, कांग्रेस एमालेको दुई तिहाई नपुग्ने भयो

कपन अनलाइन०७० मंसिर १३
संबिधानसभा निर्वाचनअन्तर्गत समानुपातिक मतको गणना सकिएको छ । देशका २४० क्षेत्रमा मतदान भएको ९३, ७७,५१९ मतहरुको अहिले साँझ मतगणना सकिएको छ । करिब १ हप्ता लागेको मतगणनामा नेपाली कांग्रेसले सबैभन्दा बढि सिट प्राप्त गर्ने भएको छ । नेपाली कांग्रेसले २४,१२,८८७ मत पाएर पहिलो भएको हो भने एमालेले २२,३०,४०६ पाएर दोस्रो भयो । त्यसैगरी एमाओवादीले १४,२७,६४६ मत पायो । संबिधानसभामा ३० दलले सहभागिता जनाउने भएका छन् । दलहरुले प्राप्त मतको आधारमा हेर्ने हो भने नेपाली कांग्रेसले ९१ सिट, एमालेले ८५ सिट र एमाओवादीले ५४ सिट ल्याउनेछन् । त्यसैगरी राप्रपा नेपालले पनि २३ सिट ल्याउने मत प्राप्त गरेको छ । मधेशवादी दलहरुको सबैको सिट जोड्दा चौथो शक्ति बन्ने देखिन्छ ।ठूला दलहरुको रुपमा आएका नेपाली कांग्रेस र एमालेले चर्चा भएजस्तो दुई तिहाई बहुमत भने समानुपातिकको अन्तिम मतगणना भैसक्दा प्राप्त भएन । नेपाली कांग्रेस तथा एमालेलाई करिब २८ सिट नपुग हुने देखिन्छ । त्यसैले कांग्रेस तथा एमालेले चाहँदैमा संबिधान जारी नहुने करिब निश्चित भएको छ ।

तपाइँको प्रतिक्रिया ।