क्रिकेटमय नेपाल

कपन अनलाइन ०७० मंसिर १३ गते
नेपाली खेलकुद क्षेत्रमै सबैभन्दा आशालाग्दो तथा प्रचारयोग्य खेलको रुपमा क्रिकेट खेल विकास भैरहेको अवस्थामा नेपालले २० २० विश्वकपमा खेल्न पाउने अवरसर पाएको दिन नेपालभर खुशीयालीको लहर चलेको छ । हिजो युएइको आबुधावीस्थित शेख जायद स्टेडियममा परिचित प्रतिद्वन्द्वि हङकङलाई अन्तिम बलमा पराजित गरेर विश्वकपमा प्रवेश गरेपछि देशभरी स्वतस्फूर्त नेपालका झण्डा लिएर र्यालीसमेत निक्लिए भने कतिपय नेपालीले साँझघरमा दीपावलीसमेत गरे । नेपाल आगामी मार्चमा बंगलादेशमा हुने विश्वकपमा खेल्ने पक्का भएको छ । नेपालले २० २० क्रिकेट खेल्न थालेको मात्रै ९ वर्षे यात्रामा विश्वकपसम्म पुग्नुलाई विश्व क्रिकेट जगतले पनि नेपालको क्रिकेटमा राम्रो भविष्य भएको बताएका छन् ।

kljl
तस्वीर सौजन्य: एसिसि

नेपाली खेलकुदले विश्वस्तरीय प्रदर्शन गर्न नसकिरहेको बेला क्रिकेटले बेलाबेलामा नेपालीको नाक उँचो बनाइरहेको अवस्थामा विश्वकप खेल्ने अवसरप्रति सरकार, राजनीतिक दलहरु तथा नेपाली मिडियासमेत क्रिकेटमय बनेको छ । हिजो दिउँसोदेखि नै नेपाली श्रव्यदृष्य तथा अनलाइन मिडियामा क्रिकेट लगातार छाएको छ भने आज प्रकाशित सबै छापाहरुमा पनि क्रिकेटमा नेपालको सफलताको बखान गरिएका छन् । सरकारले राखेपमार्फत सबै खेलाडीलाई जनही १० लाख दिने तयारी गरेको छ । बिभिन्न सामाजिक तथा व्यापारिक संस्थाहरुले खेलाडी तथा नेपाली टीमलाई नगद पुरस्कार दिने तयारी गरेका छन् ।

नेपालीहरुले टेलिभिजनमा हेर्न पाएको हिजोको खेल अन्यन्तै रोमाञ्चक मात्रै हैन सास रोकिने खालको थियो । हङकङले दिएको १४४ रनको लक्ष्य पूरा गर्न नेपाललाई अन्तिम बलसम्म धैर्य गर्न परेको थियो । नेपाली पारीमा फेरि एकपटक कप्तान पारश खड्का भए । उनले धैर्यका साथ खेलेकोले यो जीत संभब देखिएको हो । उनले ४६ रनले नेपाललाई बिजय नजिक बनायो । खेलको अन्तिम ओभरमा भने शरद भेष्वाकरले फेरि एकपटक विजयी रनहरु बर्साए । बिजयी रन पनि उनकै ब्याटबाट आयो ।

तपाइँको प्रतिक्रिया ।