माओवादीले केन्द्रिय समिती बोलायो

काठमाडौं, मंसिर ९ । एकीकृत नेकपा माओवादीले संविधानसभामा सहभागि हुने वा नहुने विषयमा निणर्य गर्न केन्द्रिय समितिको बैठक डाकेको छ । शनिवारदेखि बसेको केन्द्रिय कार्यालय र पोलिटव्युरो बैठकले निर्वाचनमा पार्टीलाई पराजित गर्न संरचनागत र सस्थागत रुपमा धाँधली भएको निष्कर्ष सहित थप छलफलका लागि केन्द्रिय समितिको बैठक बोलाएको हो । पोलिटव्युरो बैठकमा वोल्ने अधिकाशं सदस्यले अनपेक्षित परिणाम आउनुमा पार्टीको आन्तरीक कमी कमजोरीसँगै मतपेटिका संङकलनदेखि गणना नहुन्जेलको अवधीमा धाधली भएको बताएका थिए । बैठकमा सहभागी सदस्यहरुले पराजयको समीक्षा गर्न उम्मेदवार तथा केन्द्रिय सदस्य गाउ–गाउ जानुपर्ने धारणा राखेका थिए । केहि सदस्यले भने संविधानसभामा जान नहुने धारणाप्रति असन्तुष्टि जनाउदै संंविधानसभावाटै पार्टीका एजेण्डा स्थापित गर्न सुझाएका थिए ।

तपाइँको प्रतिक्रिया ।