कपनवासी मतदातालाई कपन कांग्रेसद्वारा धन्यवाद व्यक्त, धन्यवाद् दिन गगन कपन आउँदै

कपन अनलाइन०७० मंसिर १० गते
काठमाडौं क्षेत्र नं. ४ बाट नेपाली कांग्रेसका उम्मेदवार गगन थापालाई अत्याधिक मतले बिजय गराउन विशेष योगदान पुर्याएको भन्दै नेपाली कांग्रेस कपन इकाइले कपनवासीलाई धन्यवाद् प्रकट गरेको छ । क्षेत्र नं. ४ को सबैभन्दा धेरै मतदाता भएको यस गाविसबाट नेपाली कांग्रेसले ७००० भन्दा बढि मत पाएको नेपाली कांग्रेस कपनले  जनाएको छ । यस क्षेत्रबाट उम्मेदवार भई भर्खरै सभासद् भएका गगन थापाले समेत कपनवासी मतदाताप्रति विशेष आभार जनाएको उल्लेख गर्दै नेपाली कांग्रेस कपन इकाइले आज धन्यवाद् प्रस्ताव पारित गरेको हो ।
नेपाली कांग्रेस कपन इकाइका सभापति विनोद चालिसेले यस विषयमा कपन अनलाइनसँग कुरा गर्दै कपनवासीले गगन थापाप्रति देखाएको अत्यन्त सकारात्मक भावप्रति विशेष आभार प्रकट गर्दै देशकै सबैभन्दा चर्चित क्षेत्रमा गगन थापालाई साथ दिएर कपनवासीले विद्वता प्रकट गरेको जनाएका छन् । उनले कपनवासीको यो उत्साहपूर्ण समर्थनप्रति युवा नेता तथा यस क्षेत्रका नवनिर्वाचित सभासद् गगन थापासमेत आभारी रहेको जनाए । चाँडै नै कपनका मतदातालाई धन्यवाद् दिन गगन थापा कपन आउने जनाउँदै क्षेत्र नं. ४ को नतिजाले देश अब समुन्नत विकासको पथमा गएका जनाउ दिएको उनले बिताए । गगन थापाको विकासवादी सोचप्रति यस क्षेत्रको जनताले दिएको बलियो आधारलाई अझै सशक्त बनाउन नवनिर्वाचित  सभासद्लाई सघाउन आफू तयार रहेको बताउँदै चालिसेले कपनमा अत्याधिक मत ल्याउने विशेष खटिने सबै समकालिन नेपाली कांग्रेसका साथीहरुप्रति पनि कृतज्ञता जनाएका छन् । यहि हप्ता कपनमा गगन थापाको धन्यवाद् सभाको तयारी जुटेका चालिसेले बिजय भैसकेपछि एकपटक फेरी कपनवासीको आँगन, टोल तथा वस्तिमा सभासद्लाई पुर्याउने तयारीमा आफू जुटेको बताए ।(बिनोद चालिसेसँगको अन्तर्वार्ता चाँडैनै कपन अनलाइनमा)

तपाइँको प्रतिक्रिया ।