मतदान प्रक्रिया र मत परिणाम पुनरावलोकन हुदैन : यादव
काठमाडौं, मंसिर ९ । निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले मतदान प्रक्रिया र मत परिणामको पुनरावलोक हुनै नसक्ने स्पष्ट पार्नुभएको छ । आईतवार राजधानीमा आयोजित साक्षात्कारमा आयुक्त यादवले एकीकृत माओवादी लगायतका दलले माग गरे जस्तो समग्र निर्वाचन प्रक्रियाको पुनरावलोकन हुनै नसक्ने प्रष्ट पार्नुभएको हो । उहाँले ऐतिहासिक रुपमा निष्पक्ष र स्वतन्त्र निर्वाचन भएकाले पुनरावलोक गर्न नसकिने भन्दै मतपरिण स्विकारेर अघि बढ्न दलहरुलाई सुझाव पनि दिनुभयो । आउँदा दिनमा मतगणनाको विषयमा विवाद हुन नदिन मतदान स्थलमै गणनाको व्यवस्था गर्न सके उपयुक्त हुने उहाँको भनाई थियो । यादवले तीन दिनभित्रमा समानुपातिकतर्फको मतगणना भइसक्ने जानकारी पनि दिनुभयो । आयोगले समानुपातिकतर्फ प्राप्त गर्ने सिट संख्या तय गरेपछि राजनीतिक दलहरुले सभासद्कालागी नाम सिफारिस गर्ने छन् ।
तपाइँको प्रतिक्रिया ।