सन्तोष वर्माको ४५ औं पुण्य तिथिमा मंसिर ७ गते विशेष कार्यक्रम

कपन अनलाइनमंसिर ५ गते
प्रतिभाशाली युवा तबला वादक सन्तोष वर्माको असामयिक निधन भएको ४५ औं पुण्य तिथिमा विशेष श्रद्धाञ्जली कार्यक्रम गरिने भएको छ । श्रुती संगीतालय विद्यार्थी परिवार(तबला)द्वारा मंसिर ७ गते बिहिबार आयोजना हुने लागेको श्रद्धाञ्जली कार्यक्रम किराँतेश्वर मन्दिर परिसर पशुुपति क्षेत्रमा गरिने कार्यक्रमका संयोजक विराज पोखरेलले जनाएका छन् । श्रद्धाञ्जली सभा एवम् सामुहिक तबलावादनसहितका स्व. सन्तोष वर्मामा समर्पित कार्यक्रमहरु गरिने संयोजक पोखरेलले बताए । दिनको ३.३० बजेबाट आयोजना हुने कार्यक्रम विशिष्ट कलाकारहरुका साथमा स्व. सन्तोष वर्माका चेलाहरुको सहभागि रहनेछ । तबलाको शिक्षण तथा विकासमा सक्रिय युवा तबलावादक सन्तोष वर्माको हृदयघातका कारण मृत्यू भएको थियो ।

तपाइँको प्रतिक्रिया ।