नेकपा–माओवादी कार्यकर्ता रिहा

कपनअनलाइन / निर्वाचन बहिष्कार आन्दोलन संचालन गरको नेकपा–माओवादी क्षेत्र नं ४ का नेता कार्यकर्ता हिजो रिहा भएका छन् । नेकपा–माओवादी सहित ३३ दलीय मोर्चाले कात्र्तिक २५ गतेबाट आव्हान गरेको आमहड्तालका क्रममा उनीहरुलाई कपन लगायत क्षेत्र नं ४ का विभिन्न ठाउँबाट पक्राउ गरि महानगरीय प्रहरी बृत्त बौद्घ र गौशालमा राखिएको थियो । पक्राउ पर्नेहरुमा नेकपा–माओवादी राज्य सदस्यद्वय सुरेन्द्र तण्डुकार र अर्जुन रम्तेल, जिल्ला सदस्यहरु राम भट्टराई, सुविन चालिसे, प्रसिद्घ घिमिरे र शुशिल नाथ योगी र माओवादी कार्यकर्ताहरु विष्णु बहादुर बस्नेत, पूर्ण थापा, लाक्पा शेर्पा रहेका छन् ।

रिहा पछी को स्वागत
रिहा पछी को स्वागत

जसमा राज्य सदस्यद्वय चुनिखेलमा ट्याक्सी तोडफोडको आरोपमा, जिल्ला सदस्य प्रसिद्ध घिमिरे, शुशिल नाथ योगी र कार्यकर्ता लाक्पा शेर्पालाई पेट्रोल बोकेर बन्द गराउँदै हिडेको, जिल्ला सदस्यद्वय राम भट्टराई र सुविन चालिसे लगायत अन्य कार्यकर्तालाई लाई बन्द गराउँदै हिडिरहेको अवस्थामा पक्राउ गरि अनुसन्धानका लाग हिरासतमा लिइएको र अनुसन्धान पछि छाडिएको महानगरीय प्रहरी बृत्त बौद्धले बताएको छ भने शान्तिपूर्ण बहिष्कार आन्दोलनमा उत्रेका आफ्ना नेता कार्यकर्तालाई ब्यापक धरपकड गरि बिना कसुर प्रहरीले पक्राउ गरेको र युद्धकालमा जस्तै चरम यातना दिई सार्वजनिक मु्द्दा लगाएको आरोप नेकपा–माओवादीले लगाउँदै बहिष्कार आन्दोलन सफल भएको जनाएको छ ।

कार्यकर्ता रिहा भए लगत्तै चुच्चेपाटी चोकमा भएको कोण सभामा बोल्दै नेकपा-माओवादी काठमाडौं जिल्ला सदस्य अशोक पाण्डेले बहिष्कार आन्दोलन सफल भएको बताए ।

तपाइँको प्रतिक्रिया ।