सिन्धुपाल्चोकको बाह्रविसेमा कर्फ्यु लगाइयो
कपन अनलाइन
सिन्धुपाल्चोक,माघ ५।
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले बाह्रविसे नगरपालिकामा कर्फ्यु लगाएको छ।
प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङ्गले अर्को व्यवस्था नभएसम्म आज (आइतबार) देखि विहान ८ बजेबाट बेलुकी ५ बजेसम्म कर्फ्यु आदेश जारी गरेकी छिन्। नगरपालिकाले वडा नं ४ स्थित बजारमा सडक अतिक्रमण गरी निर्माण गरिएका घर टहराहरु भत्काइदिएको थियो। त्यसपछि आक्रोशित बनेका सडक अतिक्रमणकारीहरुले बजार क्षेत्रमा नारा जुलुस गर्दै नगरपालिकाको कार्यालयमा तालाबन्दी गरिदिएका थिए। उनीहरुले नगरपालिका कार्यालयमा रहेका केही गमलासमेत फुटाइदिएको सिन्धुपाल्चोक प्रशासनले जानकारी दिएको छ।
तपाइँको प्रतिक्रिया ।