गोकर्णेश्वर नगरपालिका वडा नं ९ मा सामुदायिक कुकुरलाइ रेबिज तथा बन्ध्याकरण कार्यक्रम सम्पन्न

गोकर्णेश्वर नगरपालिका वडा नं ९ मा सामुदायिक कुकुरलाइ रेबिज तथा बन्ध्याकरण कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौं माघ ५ । गोकर्णेश्वर नगरपालिका वडा नं ९ आरुबारीमा सामुदायिक कुकुरको बन्ध्याकरण तथा रेबिज भ्याक्सिनेसन कायक्रम सम्पन्न भएको छ केन्द्रीय रिफरल पशु चिकित्सालय त्रिपुरेश्वर काठमाडौंको आयोजना तथा गोकर्णेश्वर नगरपालिका र भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र ललितपुरको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

पौष २५ र २६ गते गरि दुइ दिन सम्म गोकर्णेश्वर नगरपालिका वडा नं ९को वडा कार्यालय भवन आरुबारीमा भएको सो कार्यक्रममा  वडा नं ९ मा रहेका करिब ३७ वटा भाले घरपालुवा कुकुरलाई रिबिजको भ्याक्सिन लगाइएको र करिब ९७ वटा सामुदायिक पोथी कुकुरहरुलाई बन्ध्याकरण गरिएको वडा अध्यक्ष राजिब थापाले कपन अनलाइन लाइ बताए ।उनले जथाभावी छाडा छोडिएका कुकुरको टोकाइले मानवीय क्षति नहोस् भनेर तालीम प्राप्त पशुविज्ञको टोली तथा नगरपालिकाका कर्मचारीको सहयोगमा कुकुरलाई बन्ध्याकरण गर्ने तथा रेबिजविरुद्ध खोप लगाइएको बताए।

पछिल्लो समय नगरका विभिन्न स्थानमा कुकुरको टोकाइबाट नगरवासी पीडित भएको गुनासो आइरहेको सन्दर्भमा नगरपालिकाले सञ्चालन गरेको यो अभियान निकै प्रभावकारी हुने अपेक्षा गरिएको छ । पशु स्वास्थ्य र मानवीय स्वास्थ्य दुवैलाई ध्यानमा राखेर कार्यक्रम अघि बढाइएको  पनि वडा अध्यक्ष थापाले बताए ।उनले रेबिज रोगबारे सर्वसाधारणलाई जनचेतना दिन पनि कार्यक्रम सहयोगी बनेको बताए । सो कार्यक्रममा नगर प्रमुख सन्तोष चालिसे, वडा सदस्यहरु र स्थानीयहरुको उपस्थिति रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।