महानगरीय प्रहरी प्रभाग नागढुंगा द्वारा भन्सार छली ल्याइएका मोबाइल बरामद

महानगरीय प्रहरी प्रभाग नागढुंगा द्वारा भन्सार छली ल्याइएका मोबाइल बरामद

कपन अनलाइन 

काठमाडौं माघ १।महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले ३५ लाख बराबरकाे भन्सार छलिका मोबाइल वरामद गरेकाे छ । महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट प्रहरी निरीक्षक हेमन्त थापाकाे नेतृत्वमा खटिएको प्रहरी टोलीले जिल्ला काठमाण्डौ चन्द्रागिरी न.पा.वडा न.२ नागढुंगा चेक प्वाइन्टमा ३५ लाख बराबरकाे भन्सार छलिका मोबाइल वरामद गरेकाे हाे ।

महानगरीय प्रहरी बृत्त थानकाेटका प्रमुख घनश्याम श्रेष्ठले बीरगंजबाट काठमाण्डौ आउदै गरेको ना.६ ख १५३४ न.को यात्रु बाहक बसमा चेकजांच गर्ने क्रममा उक्त बसमा सिटमुनि लुकाई ल्याएको अवस्थामा Apple कम्पनीको Iphone-11 मोबाईल थान २, Oppo लेखिएको मोबाईल बिभिन्न मोडलको थान २२, Vivo लेखिएको मोबाईल थान ३६ , Redmi लेखिएको बिभिन्न मोडलको मोबाईल थान १३, Samsung लेखिएको मोबाईल थान २ समेत गरी जम्मा थान ७५ बिभिन्न कम्पनीका, बिभिन्न मोडलका मोबाईलहरु बिल भर्पाई नभएको अवस्थामा बरामद गरीएको बताए ।

त्यस्तै डिएसपी श्रेष्ठले नेपालगंजबाट काठमाण्डौ आउदै गरेको ना.७ ख ७३९५ नंम्बरको यात्रु बाहक बसमा चेकजांच गर्ने क्रममा उक्त बसको क्याबिनको चालक बस्ने सिट पछाडी सेतो टेपले बेरी कार्टुन भित्र लुकाईराखेको अवस्थामा ३२ वटा मोवाईलहरू बरामद गरीएको छ । बरामद मोवाईल Oppo र Redmi ब्राण्डको रहेको छ । डिएसपी श्रेष्ठले भने,”उक्त मोबाईल धनि तत्कालै कोही फेला नपरेको र कुनै तथ्यगत कागजातहरू समेत नभएको हुँदा उक्त मोबाईलहरू बरामद गरी आवश्यक अनुसन्धान तथा कार्वाहीको लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, भन्सार कार्यालय सानो गौचरण पठाईएको छाै ।” उक्त मोवाईलहरूको अनुमानित बजार मुल्य रू ३५ लाख बराबर रहेकाे थानकोट प्रहरीले जनाएको छ ।

फोटो : रोशन दानी

तपाइँको प्रतिक्रिया ।