शिवपुरी क्षेत्रको प्रवर्धनका लागि छैटौ तारेभिर महोत्सव

शिवपुरी क्षेत्रको प्रवर्धनका लागि छैटौ तारेभिर महोत्सव

कपन अनलाइन

काठमाडौं ,माघ २ 

काठमाडौं उपत्यकाको उत्तरी पर्वत शृंखला शिवपुरीमा रहेको तारेभिर क्षेत्रको पर्यटन प्रवर्धनका लागि आयोजित छैटौ तारेभिर महोत्सवको पहिलो दिनका कार्यक्रम सम्पन्न भएको छ 

२०७१ शाल देखि निरन्तर हुदै आएको महोत्सवको छैटौ संस्करणमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल प्रमुख अतिथि रहेका थिए भने पुर्व पररास्ट्र मन्त्रि प्रकाश शरण महत , काठमाडौं क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य कृष्ण राई ,प्रदेस सभा सदस्य रामेश्वर फुयाल ,बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेल,गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे,उप प्रमुख शान्ति नेपाल लगायत विशेष  अतिथि रहेका थिए ।

महोत्सव आयोजक समितिका संयोजक हर्क बहादुर तामांगको अध्यक्षतमा भएको कार्यक्रममा विभिन्न कलाकारहरुले सांस्कृतिक प्रस्तुतिहरु राखेका थिए 

भौतिक पूर्वाधारको अभावका कारण काठमाडौंको कर्णालीको उपमा पाएको तारेभिर क्षेत्रमा भएको महोत्सवमा ठुलो शंख्यामा पर्यटकहरु आएका थिए  ।

उक्त कार्यक्रममा बोल्ने वक्तहरुले भौतिक पूर्वाधार विकास गरेर सो क्षेत्रमा पर्यटनको विकास गर्न सकिने धारणा राखेका थिए

हाल गोकर्णेश्वरको बालुवा  र बुढानिलकण्ठको बदेली पन्चकन्या हुदै उक्त स्थानमा पुग्ने पक्कि सडकको निर्माण भैरहेकोले पर्यटनका स्थानीय पूर्वाधार निर्माणका लागि स्थानीयहरुले ध्यान पुर्याउनु पर्ने भन्दै संघीय ,प्रदेस सरकार र स्थानीय सरकार बाट पूर्ण सहयोग हुने प्रतिवादत्ता अतिथिहरुले  ब्यक्त गरेका थिए  ।

 

 

तपाइँको प्रतिक्रिया ।