नागढुंगा बाट भन्सार छलिकाे कपडा प्रहरी द्वारा बरामद

नागढुंगा बाट भन्सार छलिकाे कपडा प्रहरी द्वारा बरामद

कपन अनलाइन 

काठमाडौँ, माघ १ ।महानगरीय प्रहरीले प्रभाग नागढुङ्गाले कन्टेनरमा लुकाईछिपाई ल्याईएको भन्सार छलिका कपडा बरामद गरेकाे छ । काठमाण्डौ चन्द्रागिरी .२ नागढुंगा चेक प्वाइन्टमा चेक जाँच गर्दा कन्टेनरमा मकैकाे बाेरामुनी लुकाई छिपाई ल्याएको   भन्सार छलिका कपडा बरामद गरेकाे हाे । महानगरीय प्रहरी बृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठले मकवानपुर थाहा न.पा. वडा नं. ११ घर बताउने बर्ष ४२ को आन्नद लामाले चन्द्रानिगाहापुरबाट काठमाण्डौ ल्याईरहेको ना. ५ ख ९६०५ नम्बरको कन्टेनर गाडी भित्र मकै र साे भन्दा मुनि कपडाहरू लुकाई राजधानी पास गराउन खाेजेकाे अवस्थामा गाडी सहित नियन्त्रणमा लिएकाे बताए ।

डिएसपी श्रेष्ठले भने,”हामीले कन्टेनर गाडीमा मकैको बोराहरू रहेकोमा उक्त बोराहरू भन्दा भित्र लुकाई छिपाई ल्याएको अवस्थामा ६१ बोरा भन्सार छलि गरेको कपडाहरू फेला परेकोले   तत्काल निजलाई नियन्त्रणमा लिएर उक्त कपडाहरूको सम्बन्धमा निजले कुनै प्रकारको कागजात देखाउन नसकेपछि रितपुर्वक बरामद गरी आवश्यक अनुसन्धान तथा कार्वाहीको लागि निजलाई बरामद कन्टेनर तथा सामानहरूसहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल,भन्सार कार्यालय सानो गौचरण पठाईएका छाै” । बरामद गरिएको कपडाको बजार मुल्य अंन्दाजि रू ६० लाख रहेको थानकोट प्रहरीले जनाएको छ ।

फोटो : रोशन दानी

तपाइँको प्रतिक्रिया ।