दलहरु अन्तिम प्रयत्न गर्दै, गगन, निर्मल र पासाङ सबैको जित्ने दावी

कपन अनलाइन मंसिर ३ गते
मतदान गर्न १ दिन बाँकी हुँदा दलहरु मतदातालाई आफुतिर आकर्षित गर्न अन्तिम प्रयास गरिरहेका छन् । काठमाडौं क्षेत्र नं. ४ का उम्मेदवारहरु मौन अवधिभर बिभिन्न बस्तिहरुमा पुगेर व्यक्ति तथा समूहसँग भेटिरहेको अवस्थामा हिजो पहिलो दिन पासाङद्वारा मौन अवधि तोडेको आरोपसमेत लाग्यो । चुनावको मौन अवधिमा उम्मेदवारहरुले साम, दाम, दण्ड, भेद सबै प्रयोग गर्ने नेपाली परम्परा अनुरुप नै सबै उम्मेदवारहरु बस्तिबस्ति, घरघर तथा समूह समूहमा पुगेका हुन् । यसरी बस्तिमा पुग्दा पैसा बाँड्ने आरोप वा आश्वासनका ठूला ठूला भकारी प्रस्तुत गर्ने आरोप पनि दलहरुलाई लागेको छ ।

Three-Party_flag11
देशकै सबैभन्दा चर्चित भनिएको काठमाडौं क्षेत्र नं. ४ मा उम्मेदवारी दिने प्रमुख तीन दलले आफू स्पष्ट रुपले बिजय हुने बताएका छन् । कार्यकर्ताबाहेक सामन्य जनता सडकमा खासै नदेखिएको बेला सामान्य जनताको भोट कसलाई जाने हो भन्ने शंकाको अवस्थामा सबै दलहरुले आफू स्पष्ट रुपमा जित्ने बताएका हुन् । एमाले र एमाओवादीले निर्वाचनको प्रतिष्पर्धा नेपाली कांग्रेससँग हुने बताए पनि नेपाली कांग्रेसले भने दुवै जना प्रतिष्पर्धी रहेको बताइरहेको छ । यस क्षेत्रमा एमालेले एमाओवादीलाई तेस्रो पार्टी तथा एमाओवादीले एमालेलाई तेस्रो पार्टी भन्ने होडजस्तै चलेको छ ।

pasangएमाओवादीका क्षेत्रीय नेता सञ्जय अर्यालले क्षेत्र नं. ४ का एमाले उम्मेदवार निर्मल कुइँकेलले ८००० मत पनि नपाउने बताउँदै गगन र पासाङबीचको जीतहारको फैसला अत्यन्त कम मतअन्तरमा हुने बताए । सञ्जयका अनुसार एमालेले एनजिओ शैलीमा प्रचार प्रसार गरेर आफूलाई अब्बल देखाउन खोजे पनि हैसियत कमजोर रहेको छ । त्यसैगरी नेपाली कांग्रेसको मत धेरै अरु पार्टी तथा स्वयम् पूर्व सभासद् रहेकी सुप्रभा घिमिरेले काट्ने भएकोले हामी जीतको नजिकमा रहेको अर्यालले बताए ।

nirmal kuikelकपन एमाले अध्यक्ष ध्रुवराज न्यौपाने भने एमाओवादीको युद्धको धङ्धङ्ति अब सकिएको बताउँछन् । एमाओवादीले ठूला ठूला मतदान केन्द्रमा प्रतिनिधि राख्न सक्ने मानिससमेत नपाएको अवस्थाको प्रतिष्र्धामा छु भन्नु हावामा महल बनाउनु जस्तै हो न्यौपानेले बताए । उनले क्षेत्र नं. ४ को चुनावी प्रतिस्पर्धा एमाले र नेपाली कांग्रेसबीच भएको बताउँदै मौन अवधिसम्म आइपुग्दा स्थानीय र विकासप्रेमी उम्मेदवार भएकाले निर्मल कुइँकेलको अवस्था झनै सुदृढ र बिजयन्मुख भएको बताए । उनले नेपाली कांग्रेसलाई उद्धब पौडेल र सुप्रभा घिमिरेले असर पार्ने भएकोले एमालेको पक्षमा चुनावी नतिजा आउने अवस्थामा रहेको बताए ।

gagan thapa 22गगन थापालाई उम्मेदवार बनाएको नेपाली कांग्रेसको पक्षमा जनलहर नै चलेको नेका क्षेत्रीय सचिव श्याम संगत बताउँछन् । उनले दावी गर्दै भने नेपाली कांग्रेसको आफ्नो मतबाहेक नै गगन थापालाई ३००० मतभन्दा बढि मत अरु दलका व्यक्तिले दिँदैछन् । संगतका अनुसार नेपाली कांग्रेसको संगठन अघिल्लो चुनावमाभन्दा झनै सुदृढ भएको र गगन थापा उम्मेदवार भएको कारणले पनि एमाले तथा एमाओवादी दुवै पार्टी कमजोर रहेको छ । एमाले र एमाओवादी समान हैसियतमा रहेको बताउँदै सचिव संगतले गगन थापाले क्षेत्र नं. ४ बाट २०,००० मत ल्याएर जित्ने दावी गरे ।

गगन र पासाङका कारण चर्चित रहेको यो क्षेत्रमा निर्मलको पनि दावी बढेपछि काठमाडौं क्षेत्र नं. ४ झनै चर्चाको शिखरमा पुगेको छ । चुनावका दिन यदि ७५ प्रतिशतभन्दा मतदान भएमा यो क्षेत्रको चुनाव झनै रोचक चुनावी विश्लेषकहरु बताउँछन् ।

तपाइँको प्रतिक्रिया ।