बुथ निर्माण गरिने काम शुरु, आज पनि परिचयपत्र बाडिँदै

कपन अनलाइन मंसिर ३ गते
भोलि हुने संबिधानसभा निर्वाचनको तयारीस्वरुप आज देशभरीका मतदान केन्द्रहरुमा बुथहरु निर्माण भैरहेको छ । काठमाडौं क्षेत्र नं. ४ का सबै मतदान केन्द्रमा आज बिहानैदेखि बुथहरु निर्माण भैरहेको छ । कपन गाविसमा रहेको ४ वटा मतदान केन्द्रहरुको बुथ निर्माण भैरहेको छ । कपनमा रहेका मतदान केन्द्रहरुमध्ये बालउद्धार मतदान केन्द्र देशकै सबैभन्दा धेरै बुथ भएको मतदान केन्द्र हो । उसु हलमा रहेको मतदान केन्द्रमा ५ वटा बुथहरु रहने र यज्ञमती मावि र ग्रामशिक्षा उमाविमा ३ ३ वटा वुथहरु रहनेछन् ।
यसैबीच सरकारले आज दिनभर परिचयपत्र बाँड्ने निर्णय गरेको छ । हिजोसम्ममा अधिकांश मतदान केन्द्रहरुबाट ७५ प्रतिशतको हाराहारीमा मात्रै परिचयपत्र वितरण भएपछि आज एकदिन थप गरिएको हो । कपन गाविसमा हिजो करिब १२५०० मतदाताले परिचयपत्र लिएका थिए । आज बिहानैदेखि मतदान केन्द्रहरुमा पचियपत्र लिनेहरुको सामान्य लाइन लागेको छ ।

तपाइँको प्रतिक्रिया ।