माघ १ गते हुन लागेको छैठौं तारेभिर महोत्सवको प्रचार प्रसारका लागि आयोजित बृहत मोटरसाइकल र्याली सम्पन्न

माघ १ गते हुन लागेको छैठौं तारेभिर महोत्सवको प्रचार प्रसारका लागि आयोजित बृहत मोटरसाइकल र्याली सम्पन्न

कपन अनलाइन

काठमाडौं पौष २८ ।काठमाडौं उपत्यकाको  उत्तरी शिर शिवपुरी पर्वत श्रृङखलाको महत्वपुर्ण स्थन तारेभिरमा हरेक वर्ष माघ १ गते हुने तारेभिर महोत्सवको प्रचार प्रसार गर्ने उदेश्य सहित बृहत मोटरसाइकल र्याली सम्पन्न भएको छ । छैठौं तारेभिर महोत्सबको प्रचार प्रसार एबम भ्रमण वर्ष २०२० लाइ समेत टेवा पुग्ने विश्वासका साथ पौष २६ गते शनिबार बृहत मोटरसाइकल र्याली  सम्पन्न भएको छ। जोरपाटी चोक बाट सुरु भएको सो मोटरसाइकल र्याली महोत्सब स्थल तारेभिर पुगी समापन भएको थियो ।

नेपालको राष्ट्रिय झण्डा र टोपी सहित मोटरसाइकल मा सवार स्थानीयले भ्रमण वर्ष २०२० र छैठौं तारेभिर महोत्सब सफल पारौ जस्ता नारा लगाएका थिए ।जोरपाटी चोक बाट सुरु भएको सो मोटरसाइकल र्यालीको उद्घाटन गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले रिवन काटी उद्घाटन गरेका थिए। उक्त कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष राजेन्द्र भण्डारी वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी,वडा नं ६ का वडा अध्यक्ष रमेश अर्याल, नेकपा नेता उद्दब बिष्ट,नेपाली कांग्कारेस का नेता  किरण बहादुर बिष्ट, लायन जयराम बिष्ट ,भानुपौडेल स्थानीय हरिबोल बिस्ट ,लायन रामेश्वर बिष्ट, लायन्स क्लब अफ काठमाडौं दर्पण का प्रेसिडेन्ट ठण्डराज ठकुरी(राजन) ,वडा सदस्यहरु आयोजक समितिका पदाधिकारी लगायत स्थानीयको उपस्थिति रहेको थियो।

मोटर साइकल र्यालीको लागि स्थानीय हरिबोल बिस्ट , लायन रामेश्वर बिष्ट, सन्तोष बिष्ट,  नबिन बिष्ट, सम्मुनत जल्पादेबीयुवा क्लब  लगायतले  सहकार्य गरेका थिए ।  नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रूपमा मनाउने घोषणा गरेर नेपालमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ। सरकारको उक्त लक्ष्य प्राप्तिका लागि पनि मोटरसाइकल र्याली र तारेभिर महोत्सवले सहयोग पुर्याउने आयोजकको भनाइ रहेको छ ।जोरपाटी बाट सुरु भएको सो मोटर साइकल र्याली अत्तरखेल ,गोकर्ण हनुमान चोक ,सुन्ताखान हुदै तारेभिरमा पुगी समापन भएको थियो ।

मोटरसाइकल र्यालीलाइ सम्बोधन गर्दै वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारीले स्वागत गरेका थिए। उनले काठमाडौंको नजिकै भएतापनि तारेभिर भौगोलिक रुपमा दुर्गम रहेको  उक्त ठाँउको धार्मीक सांस्कृतिक तथा प्राकृतिक सम्पदाको पहिचानलाई जोगाउनका साथै त्यस क्षेत्रको आर्थिक सामाजिक विकासलाई टेवा पुग्ने विश्वासका साथ महोत्सव आयोजना हुदै आएको आएको बताए उनले माघ १ र २ गते गरि दुइ दिन सम्म चल्ने महोत्सबमा सहभागी हुनको लागि पनि अनुरोध गरेका थिए। उनले  स्थानीयस्तरमा उत्पादित बस्तुहरुको प्रचार गराइ यहाको संस्कृतिको संरक्षण गरि पर्यटन प्रवद्र्धनका माध्यमबाट आयआर्जन र जीविकोपार्जनमा सहयोग पुर्याउने कार्यक्रमको लक्ष्य सहित महोत्सब आयोजना हुन लागेको ले सो महोत्सबमा सहभागी हुनको लागि पनि अनुरोध गरेका थिए  ।

मोटर साइकल र्याली  समापन गर्दै महोत्सव मूल आयोजक समितिका संयोजक हर्क बहादुर तामाङले  आगामी  बर्ष यस बर्षको तुलनामा  थप संख्यामा मोटरसाइकल र्याली गर्ने पनि बताए उनले महोत्सबलाइ सफल बनाउन सबैको साथ र सहयोग को आवश्यक रहेको पनि बताउदै उपस्थित । सबैलाई धन्यबाद दिएका थिए  । तत्कालीन प्रतिनिधि सभा सदस्य तथा वर्तमान प्रदेश सभा सदस्य रामेश्वर फुयालको पहलमा शुरु भएको महोत्सव छैटौं श्रृङखला सम्म आइपुगेको छ। छैठौ तारेभिर महोत्सबको पूर्व सन्ध्यामा बिभिन्न प्रचारात्मक कार्यक्रम हुदै आएको छ भएको छ जस अनुरुप  पौष २९ गते दोस्रो तस्बिरमा तारेभिर  कार्यक्रम हुने भएको हो ।तारेभिर क्षेत्रलाई तस्वीरको मध्यम बाट देश विदेशमा चिनाउने उदेश्य राखेर उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो  ।

सो कार्यक्रममा विभिन्न संचार माध्यम र संस्थामा कार्यरत फोटो ग्राफरहरुले तारेभिर क्षेत्रका सांस्कृतिक ,प्राकृतिक र सामाजिक विषयहरुलाई क्यामरा मार्फत  तस्विरमा  उतार्ने पनि आयोजकको भनाइ रहेको छ । खिचिएका तस्विर र भिडियोलाई विभिन्न माध्यम बाट प्रचार गरिने आयोजकले जनाएको छ । महोत्सवमा साहित्य सम्मेलन, तस्वीर प्रदर्शनी  स्थानीय उत्पादन, तामाङ समुदायको  खाना, सामान र भेषभूषा  सहितको झाँकी प्रदर्शनी गरिने भएको छ। भने स्थानीय उत्पादन लाइ समेत प्रदर्शन गरिने भएको छ । त्यसै गरि महोत्सबमा राष्ट्रिय  ख्यातिप्राप्त लोक गायक नवराज घोरासैनी, हास्यकलाकार राजन चौलागाईं (खैराते),गायक गोपाल सोनाम, आस्मान लोप्चन, सन्तोष लामाको साथ स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहेने पनि आयोजकले जनाएको छ ।

तारेभिर महोत्सबकै पूर्वसन्ध्यामा अभिनव साहित्य समाजले  पौष  २९ गते तारेभीरमा नै  प्रतियोगितात्मक स्थलगत कविता लेखन तथा वाचन कार्यक्रम समेत आयोजना गर्ने भएको छ ।उक्त प्रतियोगितामा सहभागि हुन इच्छुक साहित्यिक प्रतिभावानहरूलाइ नाम अभिलेख गर्न पनि अभिनव साहित्य समाजका गोबिन्द घिमिरे बेदमणिले अनुरोध गरेका छन् । त्यसै गरि इन्टरनेट सेवा प्रदायक कम्पनि मेटालिंक संगको सहकार्यमा तारेभिरमा निशुल्क  वाई फाई सेवा समेत प्रदान गर्ने र  महोत्सबको  प्रत्यक्ष  प्रशारण यु ट्युब मार्फत  गर्न लागिएको सामाजिक अभियन्ता गोपाल श्रेष्ठले कपन अनलाइनलाइ बताए। उनले त्यसको सबै प्राबिधिक कामहरु भइरहेको र पौष २९ गते परिक्षण समेत गर्न लागेको बताए ।उनले महोत्सबलाइ प्रचार प्रसार एबम अन्य आवश्यक  सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

तस्बिर: हरिबोल बिष्ट

तपाइँको प्रतिक्रिया ।