छैठौं तारेभिर महोत्सबको पूर्व सन्ध्यामा “दोस्रो तस्बिरमा तारेभिर” कार्यक्रम हुने

छैठौं तारेभिर महोत्सबको पूर्व सन्ध्यामा “दोस्रो तस्बिरमा तारेभिर” कार्यक्रम हुने

कपन अनलाइन

काठमाडौँ, पौष २५।  काठमाडौं जिल्लाको उत्तर पूर्वी भेग, गोकर्णेश्वर नगरपालिका र बुढानिलकण्ठ नगरपालिकाको सिमानामा रहको तारेभिरमा हुन लागेको छैठौ तारेभिर महोत्सबको पूर्व सन्ध्यामा  दोस्रो तस्बिरमा तारेभिर कार्यक्रम आयोजना हुने भएको छ।  छैठौं तारेभिर महोत्सवलाई सफल बनाउने तयारी स्वरूप शिवपुरीको काख तारेभिरमा “तस्विरमा तारेभिर ” कार्यक्रम हुने भएको हो ।

पौष २९ गते तस्बिरमा तारेभिर  कार्यक्रम हुने भएको हो, जस अन्तर्गत तारेभिर क्षेत्रलाई तस्वीरको मध्यम बाट देश विदेशमा चिनाउने उदेश्य राखेर उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो  ।सो कार्यक्रममा विभिन्न संचार माध्यम र संस्थामा कार्यरत फोटो ग्राफरहरुले तारेभिर क्षेत्रका सांस्कृतिक ,प्राकृतिक र सामाजिक विषयहरुलाई क्यामरा मार्फत  तस्विरमा  उतार्ने पनि आयोजकको भनाइ रहेको छ । खिचिएका तस्विर र भिडियोलाई विभिन्न माध्यम बाट प्रचार गरिने आयोजकले जनाएको छ । तारेभिर क्षेत्रमा रहेको पर्यटनको सम्भावना लाई प्रयोग गर्दै त्यस क्षेत्रको जीवन स्तर उकास्ने लक्ष्य लिएर यो कार्यक्रम गरेको महोत्सव मूल आयोजक समितिका संयोजक हर्क बहादुर तामांगले बताए ।

 

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको प्राकृतिक सौन्दर्यले भरिपूर्ण तारेभिर डाँडालाई पर्यटकीय गन्तव्यका रूपमा प्रचारप्रसार गर्नको लागि महोत्सबको आयोजना हुदै आएको छ  । काठमाडौंको नजिकै भएतापनि तारेभिर भौगोलिक रुपमा दुर्गम रहेको  उक्त ठाँउको धार्मीक सांस्कृतिक तथा प्राकृतिक सम्पदाको पहिचानलाई जोगाउनका साथै त्यस क्षेत्रको आर्थिक सामाजिक विकासलाई टेवा पुग्ने विश्वासका साथ महोत्सव आयोजना हुदै आएको छ ।

तत्कालीन प्रतिनिधि सभा सदस्य तथा वर्तमान प्रदेश सभा सदस्य रामेश्वर फुयालको पहलमा शुरु भएको महोत्सव छैटौं श्रृङखला सम्म आइपुगेको हो । काठमाडौं जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सो स्थान धार्मिक भनाइँ अनुसार महादेवको तपस्या भुमि हुनुको साथै बन पैदावारका दृष्टिले अत्यन्तै सुलभ स्थान पनि हो। तारेभिरको काखमा अवस्थित गोकर्णेश्वर क्षेत्र, उत्तरगया ,हरियाली सुन्दरीजल क्षेत्र, सुन्दरिमाइ मन्दिर, बुढानिलकण्ठ नारायण मन्दिर र निर्माणाधीन राष्ट्रिय शहीद तथा शान्ति पार्क (स्मारक) लगायतका रहेका छन्। बिहानको सुर्यदयको साथै सुर्यास्तको समेत दृश्यावलोकन गर्न सकिने उक्त स्थानलाइ चिनाउनको लागि  यतिखेर स्थानीय जुटेका छन् ।

विसं २०७१ देखि प्रत्येक वर्ष माघ १ गते तारेभीरमा महोत्सव गर्दै घ्यू चाकु दिवस समेत मनाउन थालिएको हो । यसवर्ष भ्रमण वर्षको अवसर पारेर प्रदेश नं ३ सरकार, गोकर्णेश्वर नगरपालिकालगायत निकायको समेत सहयोगमा महोत्सव सफल बनाउने विषयमा प्रारम्भिक भेला गरी छलफल समेत गरिएको थियो। महोत्सवमा साहित्य सम्मेलन, तस्वीर प्रदर्शनी  स्थानीय उत्पादन, तामाङ समुदायको  खाना, सामान र भेषभूषा  सहितको झाँकी प्रदर्शनी गरिने भएको छ। भने स्थानीय उत्पादन लाइ समेत प्रदर्शन गरिने भएको छ । त्यसै गरि महोत्सबमा राष्ट्रिय  ख्यातिप्राप्त लोक गायक नवराज घोरासैनी, हास्यकलाकार राजन चौलागाईं (खैराते),गायक गोपाल सोनाम, आस्मान लोप्चन, सन्तोष लामाको साथ स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहेने पनि आयोजकले जनाएको छ ।महोत्सवमा पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रमुख अतिथिका रुपमा निमन्त्रणा गरिएको साथै प्रदेश नं ३ का मुख्य मन्त्रि डोरमणि पौडेल लाइ समेत बिशेष अतिथिको रुपमा आमन्त्रण गरिएको  आयोजक समितिले जनाएको छ।

स्थानीयले छैठौं तारेभिर महोत्सबको प्रचार प्रसार एबम भ्रमण वर्ष २०२० लाइ समेत टेवा पुग्ने विश्वासका साथ पौष २६ गते शनिबार बृहत मोटरसाइकल र्याली  समेत गर्ने भएका छन ।मोटरसाइकल र्यालीको लागी स्थानीय हरिबोल बिष्ट,लायन रामेश्वर बिष्ट, सन्तोष बिष्ट, नबिन बिष्ट लगायतले सहकार्य गरिरहेका छन। उनीहरुले जोरपाटी चोक बाट १० बजे देखि सुरु गर्न  लागेको सो मोटरसाइकल र्यालीमा सहभागी हुनेहरुलाई नेपालको राष्ट्रिय झण्डा र नेपाली टोपी को साथमा उपस्थित हुन पनि अनुरोध गरेका छन् । नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रूपमा मनाउने घोषणा गरेर नेपालमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ। सरकारको उक्त लक्ष्य प्राप्तिका लागि पनि मोटरसाइकल र्याली र तारेभिर महोत्सवले सहयोग पुर्याउने  आयोजकको बिश्वास रहेको छ ।

त्यसै गरि तारेभिर महोत्सबकै पूर्वसन्ध्यामा अभिनव साहित्य समाजले  पौष  २९ गते तारेभीरमा नै  प्रतियोगितात्मक स्थलगत कविता लेखन तथा वाचन कार्यक्रम समेत आयोजना गर्ने भएको छ ।उक्त प्रतियोगितामा सहभागि हुन इच्छुक साहित्यिक प्रतिभावानहरूलाइ नाम अभिलेख गर्न पनि अभिनव साहित्य समाजका गोबिन्द घिमिरे बेदमणिले अनुरोध गरेका छन् । त्यसै गरि इन्टरनेट सेवा प्रदायक कम्पनि मेटालिंक संगको सहकार्यमा तारेभिरमा निशुल्क  वाई फाई सेवा समेत प्रदान गर्ने र  महोत्सबको  प्रत्यक्ष  प्रशारण यु ट्युब बाट प्रशारण गर्न लागिएको सामाजिक अभियन्ता गोपाल श्रेष्ठले कपन अनलाइनलाइ बताए। उनले त्यसको सबै प्राबिधिक कामहरु भइरहेको र पौष २९ गते परिक्षण समेत गर्न लागेको बताए ।उनले महोत्सबलाइ प्रचार प्रसार एबम अन्य आवश्यक  सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

गोकर्णेश्वर नगरपालिका र बुढानिलकण्ठ नगरपालिका सहित शिवपुरी राष्ट्रिय निकुञ्ज समेत रहेको यो  क्षेत्र प्राकृतिक मनोरम सौन्दर्यका साथै काठमाडौंको दृश्यावलोकन गर्न पनि सकिने स्थानका रुपमा चिनिने तारेभिरमा रहेको धार्मिक स्थल भुमिथान महादेव , तारेभिर महादेव थान, नारायण थान मन्दिर दुप्चेश्वर, नागी गुम्बा ,बागद्वारलाई पनि महोत्सब को माध्यम बाट  धार्मिक पर्यटनको दृष्टिले प्रचार प्रसार गराउनु पनि महोत्सबको उदेश्य  रहेको स्थानीय एबम नेकपा नेता गोकुल बिष्टले कपन अनलाइन लाइ बताए ।त्यस्तै गरि स्थानीयस्तरमा उत्पादित बस्तुहरुको प्रचार गराइ यहाको संस्कृतिको संरक्षण गर्नु पनि महोत्सबको उदेश्य  भएको बताए। पर्यटन प्रवद्र्धनका माध्यमबाट आयआर्जन र जीविकोपार्जनमा सहयोग पु¥याउने कार्यक्रमको लक्ष्य रहेको बताउदै  महोत्सबमा सहभागी हुनको लागि पनि अनुरोध गरेका छन ।

तपाइँको प्रतिक्रिया ।