कपन बाट नेकपा- मावोवादी २ जिल्लानेता पक्राउ

कार्तिक २५ , कपन / आज बिहान  करिब  ८:३० बजे  मिलन चोक बाट नेकपा- मावोवादीका दुई जिल्ला नेतालाइ प्रहरीले पक्राउ गरेको  नेकपा – मावोवादी  काठमाडौं क्षेत्र नम्बर ४ कपन ले जनाएको छ उनीहरूलाई प्रहरीले कपन बाट चाबहिल तर्फजाँदै गर्दा पक्राउ गरेको नेकपा – मावोवादी कपनका सचिव  अशोक पाण्डेले कपन अनलाइन लाइ बताए ।

यस घटनाको पुस्टि गर्दै कपन प्रहरीले  रामप्रसाद भट्टराई र प्रसिद्द नाम गरेका २ जनालाई  मिलान्चोक क्षेत्रको  बजार हरुमा त्रहासदेखाउँदै पसलहरू बन्दगर्न लगाउँदै गरेको अवस्थामा पक्राउ गरेको र उनीहरूलाई अहिले  कपन प्रहरी प्रभागमा  राखिएको  जनाएको छ।

988760_621174497923914_173685425_n

नेकपा मावोवादीलगाएत ३३ दलीय मोर्चाले गरेको आजको  बन्दको प्रभाव कपन मा पनि देखिएको छ , बिहानै देखि  कपनका  मुख्य बजार हरु मिलान्चोक , तेन्जेन चोक फैका चोकका पसल  हरु    बन्दन छन् भने सर्वजनिक  यातायातका  सवारी हरु ठप्प छन  छिटफुट रूपमा निजीसवारी साधन भने चलेकादेखिन्छ, कपन आसपास कुनैपनि अप्रिय घटनानहोस् भनि प्रहरीले उच्चसतर्कता अपनाएको जनाएकोछ।

चावहिल चोकबाट व्यापक धरपकड हुदा  करीव १० जना वन्द कर्ता र केही सर्वसाधारण समेतलाई पुलिसले गिरफतार गरेको   बन्दकर्ता हरुले जनाएका छन ।

तपाइँको प्रतिक्रिया ।