बन्दका क्रममा चुनिखेलमा गाडि फुटाउने २ जना माओवादी कपन चौकीमा

कपन अनलाइन०७० कार्तिक २६
३३ दलीय मोर्चाले देशव्यापी चक्काजामको आयोजना गरेकोे पहिलो दिन आज राजधानीमा आंशिकमात्र असर पर्यो । बिहान केही प्रभावदेखि पनि दिन छिप्पिँदै जाँदा प्रभाव न्यून देखिए पनि देशभरी विभिन्न ठाउँमा आतंकित गतिविधि भने भयो । ललितपूरको बालकुमारीमा पेट्रल बम प्रहार काठमाडौं भएको आजको सबैभन्दा ठूलो घटना हो ।

त्यसैगरी बन्द आयोजकमध्ये सबैभन्दा ठूलो पार्टी नेकपा माओवादीका कार्यकर्ताले आज चुनिखेल गाविसमा एक ट्याक्सीमाथि आक्रमण गरेका छन् । खाली ट्याक्सी चढेर चुनिखेल पुगेका तीनजना यात्रुले नै त्यही ट्याक्सीलाई तोडफोड गरेको कपन प्रहरी प्रभागका सई शरद भट्टराइले कपन अनलाइनलाई दिए । कपन प्रभागमा रहेको क्षतिग्रस्त ट्याक्सीसँगै तोडफोडमा संलग्न वैद्य माओवादी राज्य समिति सदस्य अर्जुन रम्तेल र अर्का सुरेन्द्र महर्जन लाई कपन प्रहरीले पक्डाउ गरेको छ । उनीहरु कपन प्रभागमा रहेका छन् ।

तपाइँको प्रतिक्रिया ।