गृहणीहरु निस्के पासाङको समर्थनमा

कपन अनलाइन कार्तिक २४
संबिधानसभाको चुनावको मिति नजिकिँदै गर्दा पार्टीहरुले बिबिधखाले चुनावी गतिबिधि संचालन गरिरहेका छन् । काठमाडौं क्षेत्र नं. ४ का एमाओवादी उम्मेदवार पासाङको समर्थनमा कार्तिक २३ गते शनिवार कपनवासी गृहणी महिलाहरुले एक र्याली आयोजना गरेका छन् । कपनको वडा नं. १ र ३ को परिक्रमा गर्दै निक्लिएको करिब २०० संख्याका गृहणी महिलाहरुले यस संबिधानसभाको चुनावमा पासाङलाई मत दिन सबैसँग आग्रह गरे ।

चुनावी सरगर्मी बढिरहेको बेला एमाओवादी उम्मेदवार पासाङको समर्थनमा निक्लिएको महिलाहरुको यस्तो र्याली कपनमा पहिलो पटक भएको हो । समानुुपातिक उम्मेदवार सरुलाई साथ लिएर हिँडेको र्याली करिब २ घण्टा कपन गाविसको विभिन्न क्षेत्रमा घुमेका थियो ।
-फोटो: सुवास राई फेशबुकबाट

तपाइँको प्रतिक्रिया ।