विवेकशील नेपाली अभियान कपनसँग आत्मिय
कपन अनलाइन०७० कार्तिक २२
फरक दृष्टिकोणका साथ युवाहरुमाझ चर्चित बनिरहेको विवेकशिल नेपाली अभियान कपन गाविसमा चर्चित तथा प्रभावशाली भएको यस अभियानका अभियान्ताहरुले बताएका छन् । कपन गाविसमा चुनाव प्रचारप्रसार कार्यालय खोलेको अवसरमा क्षेत्र नं. ४ का चुनाव प्रचार संयोजक सागर लुइँटेलले कपन गाविसका युवाहरु आफूसँग विशेष आकर्षित भएको बताएका छन् । चर्चाका शिखरमा रहेका गगन थापा तथा पासाङ उम्मेदवार रहेको यस क्षेत्रमा युवाहरु गगन तथा पासाङजस्तै विवेकशील नेपाली अभियानसँग पनि आकर्षित भएको आंकलन यस उनले गरे ।
विवेकशील नेपाली अभियानले कपन गाविसमा चुनाव प्रसारप्रसारको लागि कार्यालय खोलेको छ । कपन ३ स्थित नारायणचोकमा खोलिएको चुनावी कार्यालयबाट कपनमा चुनावी गतिबिधि संचालन हुनेछ । कपनबाट धेरे माया पाएकोले यहाँ कार्यालयन नै खोलेको बताए संयोजक सागर लुइँटेलले । कपनका प्रबुद्ध व्यक्तिहरुसँग अन्तक्र्रिया कार्यक्रम आयोजना गर्ने तयारी गरिरहेका सागरले जनमानस र मिडियाको ध्यान विवेकशील अभियानमा जस्तो अरुमा नरहेको दावी गरे । सागरले यसो भनिरहँदा क्षेत्र नं. ४ का उम्मेदवार सन्तोष प्रधान सगरमाथा टेलिभिजनमा अन्तर्वार्ता दिइरहेको थिए ।
नियमितजस्तो कुनै कुनै मूलधारको समाचारमा अटाइरहेको विवेकशील नेपाली अभियानले काठमाडौं जिल्लाको क्षेत्र नं. १,४,५ र ८ मा आफ्ना उम्मेदवारहरुलाई स्वतन्त्ररुपमा चुनावी अभियानमा समाहित गरेको छ । स्वतन्त्र उम्मेदवारी दिए पनि सबै उम्मेदवारले कुकर चिन्ह छानेर लिएका छन् । यस संबिधानसभाको चुनावलाई जनता जगाउने अभियानको रुपमा अगाडि बढाएकोले यस अभियनाप्रति सबै क्षेत्रको व्यापक चासोले उत्साहित भएको संयोजक सागर लुइँटेलले बताए । यसैबीच भोलि कार्तिक २३ गते शनिवार बिहान ७.३० बजे कपनमा नेपालको झण्डासहितको र्याली हुने चुनाव प्रचारप्रसार संयोजक सागर लुइँटेलले कपन अनलाइनलाई जानकारी गराएका छन् ।