“आफ्नो गरिमा गुमाउदै कपन”

“आफ्नो गरिमा गुमाउदै कपन”

कपन अनलाइन

काठमाडौं, पुस १५/बद्री भट्टराई

बुढानिलकण्ठ नगरपालिका वडा नं १०,११ र १२ को भुगोल पूर्व कपन गाविस हो । अत्याधिक जनसख्या, अव्यवस्थित बसोबासका विच कपनलाई पर्यटकिय गन्तव्य पनि भन्ने गरिन्छ ।

कपनको चुचुरो, कपनगढी, यहाँको प्रकृतिक सम्पदा अनि यहाँ बाट निजामती सेवामा काठमाडौं शहर पुगेर फर्किएका राष्ट्रसेवकहरुको अनुभवले साच्चै कपनको सौन्दर्य रहेको महशुस हुन्छ ।

कपन संगित सरोवरको सागीतिक माहोल, कपनगढी अनि कपन गुम्बाको धार्मिक पहिचान, कपन ह्याण्डलब मैदानले बोकेको खेलकुदको सम्भावना, कपन क्याम्पसले नेतृत्व गर्न खोजेको शिक्षाको उज्यालो, कपन प्रहरी प्रभागले बोकेको सुरक्षाको जिम्मेवारी, कपन साहित्य समाजले बोल्ने साहित्यको अभास , कपन जोरधारले समटेको खानेपानीको सपना, कपन अनलाईनको पत्रकारीताको धर्म, लगायत अरु थुप्रै पहिचानहरु आहा !

तिनवटा बडामा यति धेरै परिचयका फरक फरक नमुनाहरु साच्चै कपन कस्तो हुनु पर्ने ? यात्रा सहज छैन ।

कपनको अनेकन पहिचानहरु कपन भन्दा बाहिर गएपछि यसरी उजागर हुन्छन, ओहो चोरी डकैती हुन्छ । ओह ट्याक्सी जान मान्दैन । ७७ जिल्लाका मान्छे बस्ने ठाँउ , अहिले त रोहिङ्गा समुदायहरु बस्छन ।

ओहो त्यो घनाबस्ती असन भन्दा पनि चापाचाप , हैट ! यो शब्दहरुले काँहा कसलाई कति दुख्छ होला यो सोच्दा सोच्दै कपन बसोबास गरेको पनि ३२ वर्ष भएछ ।

कपन संगको सामिप्यताले हो वा आफ्नो भविष्यको योजनाले हो कताकत पछिल्ला घटना परिघटनाहरुले पिरोल्न थालेको छ । बुढानिलकण्ठ नगरपालिकाको प्रभावशाली क्षेत्र कपन दिनप्रतिदिन थलिदै जान थालेको महशुस भइरहेको छ ।

कपनको अपनत्व लिन सक्ने सम्भावनाहरु अब क्षिण हुदै जान थालेको जस्तो अभास भइरहेको छ । राजनैतिक आवरण समाजको बलियो आवरण हो ।

यसका सबलपक्षहरुलाई स्थापित गर्ने हो भने कपन साच्चै सबैको संगमस्थल हुनसक्छ तर त्यसका सम्भावनाहरु अन्यन्त न्युन हुदै गइरहेका छन।

एउटा राजनैतिक पुस्ता जसले आफुलाई कपनको भुमि पुत्र बताउछ अनि आफुलाई मसिहा ठान्दथ्यो उसको यात्रा कपनभन्दा परजान सकेन । आज पनि त्यो वर्ग आफुलाई नै सर्वेसर्वा ठान्दछ ।

तर उसलाई उसको भुमिपुत्र समुदायहरु स्विकार्न सक्दैन फलतःकपनको माटो चिनाएको नेतृत्व थला परिसकेको छ ।

दोस्रो वर्ग जो ७८ जिल्लाबाट आएका छन । ५० वर्ष देखी यहाँ बसोबास गरिहेकाछन उनिहरु संग न भुमिको माटोमा मल लगाउन सके न नयाँ पालुवा नै उमार्ने जमर्को गरे, त्यो समुदायले पनि कपनलाई केबल बसोबास गर्ने स्थानका रुपमा मात्र चिन्न खोजेःफलत कपनको स्वामित्व ग्रहण गर्ने तप्का यहाँ कहिले बलियो हुन सकेन ।

अनि जति नै सम्भावना भए पनि कपन, केबल कपनेहरुका लागि मात्र बलियो बनिरहेको छ । पछिल्लो समयको एउटा घटनाक्रम कपन क्याम्पस संग जोडिएर आएको छ । क्याम्पस बनाउने स्थानमा बालुवा छ ।

क्याम्पस बनाउनका लागि बजेट आवश्यक छ । राज्यले दिएको बजेट पर्याप्त नहुदा, सोहि स्थानको बालुवा निकासी गर्दा केहि बजेट संकलन हुन्छ ।

वडा, नगर, माननीयज्यूहरु, प्रदेश, सुरक्षा निकाए , जिल्ला समन्वयको पत्रमा पहिलो चरण करौड भन्दाको रकम त्यहाँ बाट सकलन भयो ।

दोस्रो चरण , बालुवा संकलन गर्दा बाटो लाई भास्ने कार्य भयो ।

सबैको सहमतीमा भयो । तर सबैको सहमतीमा हुँदाहुदै पनि कानुन सम्वत केहि कमीकमजोरीहरु भए होलान ।

प्रहरीले बाटोको बालुवा निकाल्ने कार्य कानुन सम्वत भएको छैन भन्यो , स्थानीय तहका वडा अध्यक्ष देखी नगरपालिका अनि प्रादेशिक सांसदले हामीले गरेपछि ठिक भइहाल्छ भन्ने तर्क प्रस्तुत गर्यो  ।

यहाँ प्रहरीको चासो गलत थियो भन्ने ठाँउ पनि छैन । कपन क्याम्पस वा स्थानीय सरकारले भ्रष्टाचार नैगर्यो अथवा गर्ने नहुने कार्य गर्यो भन्ने आवज पनि उठेको छैन ।

यो हुँदाहुदै अन्यासै पछिल्लो समय कपन प्रहरी, कपन क्याम्पस, कपनका स्थानीय वडा अध्यक्षहरु चर्चाको शिरखमा पुगे त्यस्तो चर्चा जसले न व्यक्तिगत रुपमा बलियो बनायो न संस्थागत रुपमा बलियो बनायो ।

आखिर यो समान्य घटनालाई उच्चाल्ने र समाजिक सञ्जालबाट पखाल्ने कुनियत कसले राख्यो । यो समयले छर्लङ्ग पार्नेछ ।

आज कपन प्रहरीका नाममा कार्यालय प्रमुख हुन , स्थानीय सकारका नाममा वडा अध्यक्ष हुन वा कपन क्याम्पसका नाममा अध्यक्ष हुन, कोहि कसैका आसपासमा यस्ता विषयहरुलाई सहजीकरण गर्ने, बौद्धिक व्यक्तित्व भएको कपने भेटिन छोडेको  हो ? यो प्रश्नको जवाफ अब पेचिलो बन्ने छ ।

किनकी, कपनसंग नाम जोडिएका संस्थाहरु मध्ये कपन संगीत सरोवर जहाँ सक्रिय राजनीतिका पात्र भन्दा समाजिक दायित्व बोकेकापात्रहरु सक्रिय हुनुहुन्छ , अर्को कपन प्रहरी जहाँ कोहि स्थायी छैनन ।

अनि बाँकी बसेका हरेक सस्थामा राजनैतिक आवरणका स्वघोषित बलिया पात्रहरु हुँदाहुदै कपनको अत्यन्त समान्य घटना दिनानुदिन भुसको आगो भएर कपनलाई डडाउने अवस्थातिर उन्मुख हुदैछ किन ? किनकी कपनको स्वामित्व लिन चाहेन पहिलो पुस्ता एकले अर्कोलाई खाल्डो खन्न मात्र उद्धत छ । त्यसैको एउटा उदाहरण हो , कपन क्याम्पसको यो घटना ।

त्यहाँ भन्दा बढि भएको भए सायद प्रतिपक्षले पनि लुकीछिपी प्रचार नगरेर ठाडै गर्न सक्ने बलिया आधारहरु छन। सत्ता पक्षले पनि सबै तरिका बाट पेलेर जान सक्ने अवस्थामा छन ।

यो दुवै अवस्था बर्तमानमा केहि देखिएको छैन । केबल केहि पात्रहरु संगको व्यक्तिगत स्वार्थ कहिले स्थानीय सञ्चार माध्यमको प्रयोगबाट कहिले स्वघोषित न्यायधिस बाट अनि कहिले स्वघोषित बौद्धिकता बाट घटनालाई अतिरञ्जित गर्ने पात्रहरुबाट नै आवश्यक भन्दा बढि चर्चा पाइरहेको छ ।

तर्सथ कपनको परिचयलाई स्थापित बनाउने ध्यये नहुन्जेल,केहि एकाध स्वार्थी प्रबृतिका पहुचवाल नेता,र नेतृत्वगणबाट कपनलाई बदनाम गराइरहने र प्रपञ्चको शिकार कहिले राजनितिज्ञ हुनेछन , कहिले क्याम्पस हुनेछ , कहिले सुरक्षा निकाए हुनेछ अनि त्यसै विषयलाई हौवा बनाएर कपनको स्वामित्व लिन नचाहने म जस्ता कपनेहरु अन्यौलमा नै रहेने पक्का छ ।

नयाँ पुस्ताले कपनको स्वामित्व लिन सकोस , कपनमा धुलो उडाएर, बुढानिलकण्ठको वास्ना लिन सकिदै।

 

तपाइँको प्रतिक्रिया ।