ज्ञान, अज्ञान र जीवन !
कपन अनलाइन
काठमाडौँ,पुस ११/ ढुण्डिराज पोखरेल/ कविता
नहोस्ता तन यो शुध्द, नभै अन्यन्त स्वस्थता ।
पवित्र नभए चित्त, नहुँदा मन प्रशन्नता ।।
बुध्दिमा दृढ स्थिरता, अनन्तता उदारता ।
नभएसम्म मान्छेमा, खुल्न सक्दैन सत्यता ।।१।।
सदाचार र सद्गुण, प्रस्फूटन गराउन ।
जीवनको लक्ष्यमा पुग्न, ज्ञानशक्ति बढाउन ।।
अज्ञानरुपको कालो, अन्धकार हटाउन ।
विवेक शक्ति चाहिन्छ मानिसलाई जगाउन ।।२।।
सदाचार र सद्गुण, प्रष्फूटन गराउन ।
जीवनको लक्ष्मा पुग्न, ज्ञानशक्ति बढाउन ।।
अज्ञान रुपको कालो, अन्धकार हटाउन ।
विवेकशक्ति चाहिन्छ, मानिसलाई जगाउन ।।४।।
आफ्नो मूल स्वरुप जान्नु, भनेको ब्रह्मबोध हो ।
आफूलाई नचिन्नु नै, अज्ञान अन्धकार हो ।।
त्यही बेदज्ञ हो जस्ले आफूलाई चिन्यो बुझ्यो ।
जो चिन्दैन स्वयंलाई त्यसको जीवन व्यर्थ हो ।।
अज्ञानीहरुले भन्छन् यो संसार दुःखको घर ।
म भन्छु स्वर्ग नै यहीँ हो आफूलाई सुधार गर ।।
जान्नेले स्वर्ग यहीं देख्छ, नबुझ्ने रुन थाल्दछ ।
ज्ञानको ज्योती बालेमा, मानिस नै सर्वश्रेष्ठ छ ।।